नेकपा सचिवालय बैठक दिउँसो ३:०० बजे बालुवाटारमा, भीम रावललाई पनि बोलाइयो !


SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । बजेट, एमसिसी र नेपाल-भारत सम्बन्धका विषयमा छलफल गर्न आज सचिवालय बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजे बस्ने  नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए ।

बजेट अधिवेशनबाटै एमसिसीको टुंगो लगाउन आजको बैठकमा नेकपाले वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वमा बनाएको एमसिसीको कार्यदलका सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीलाई पनि बोलाइएको छ । नेता रावलले आफूलाई पनि बोलाइएकाले बालुवाटार जान लागेको जानकारी दिए ।

त्यस्तै बजेटका विभिन्न पक्षमा छलफल गर्नुपर्ने भएकाले आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि बोलाइएको छ । सचिवालयले बजेटका विभिन्न पक्षमा छलफल गर्नेछ । यसअघि सरकारको नीति तथा कार्यक्रमलाई अन्तिमरुप दिन नेकपा सचिवालय बैठक बसेको थियो, उक्त बैठकले नै लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्ने कुरालाई औपचारिकता दिएको थियो ।


SHARES


mode_editप्रतिक्रिया

यो पनि पढौँ



menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV