नेपालीलाई अपमान गर्ने अनुष्का शर्माविरुद्ध सांसदले पनि हाले मुद्दा


SHARES

एजेन्सी । भारतीय नायिका अनुष्का शर्माविरुद्ध भारतीय जनता पार्टी भाजपाका सांसदले मुद्दा दर्ता गरेका छन् । भाजपा सांसद नन्दकिशोर गुर्जरले 'पाताल लोक' नामको सिरिजमा आपत्ति जनाएर मुद्दा दर्ता गरेका हुन् । उनले नायिका शर्माविरुद्ध विभिन्न आरोप लगाएका छन् ।

सांसद गुर्जरले एक मोष्ट वान्टेड माफियासँग आफ्नो फोटो लगाएको, अनुमति नलिइकन आफ्नो तस्बिर राखेको, गुर्जर जातिलाई डकैत भनेर टिप्पणी गरेकोलगायतका आरोप लगाएका छन् । धार्मिक हिसाबले पनि पाताल लोकमा सनातन धर्मकोवि?द्धको काम भएको सांसदको दावी छ । सांसद गुर्जरले अनुष्काविरु देश द्रोहको मुद्दा लगाएर तत्काल सिरिज बन्द गर्न माग गरेका छन् ।

सिरिजमा नेपाली समुदायप्रति अपमान गरिएको भन्दै यसअघि विभिन्न ठाउँमा मुद्दा दर्ता भएको थियो । अनुष्काविरुद्ध लिगल नोटिस दिइएको छ । अधिवक्ता विरेन्द्रसिंह गुरुङले १८ मे मा पठाएको नोटिसमा गोरखा समुदायको अपमान गरिएको कुरा उल्लेख छ । लिगल नोटिसको अहिलेसम्म नायिका शर्माले जवाफ दिएकी छैनन ।

यसअघि नेपाली महिलालाई अपमान गरेको भन्दै भारतीय अभिनेत्री शर्माविरुद्ध अरुणाञ्चल प्रदेशमा मुद्दा परेको थियो । गोर्खा युथ वेलफेयर एसोसिएसनले मानव अधिकार आयोगमा मुद्दा दायर गरेको थियो ।

त्यस्तै दार्जिलिङकी अञ्जनी शर्माले नयाँ दिल्लीस्थित मानव अधिकार आयोग र साइबर क्राइममा सोमबार मुद्दा दर्ता गरेकी छन् । त्यस्तै भारतीय युवा गोर्खा परिसंघले पनि शर्माविरुद्ध भारतीय सूचना एवं प्रसार मन्त्रालयमा कारबाहीको माग गर्दै उजुरी दर्ता गरेको छ ।

मे १५ तारेखमा सार्वजनिक गरिएको अंकमा पूर्वोत्तरकी एक नेपाली भाषी महिलाको भूमिकामा रहेकी पात्रलाई वेश्या भनेर सम्बोधन गरिएको छ । त्यो शब्द र दृश्य दुवै नेपाली महिलामाथि अममान गर्ने खालको रहेको छ ।

नायिका शर्माविरुद्ध लाखौँ नेपालीले समाजिक सञ्जालमार्फत शब्द र दृश्य हटाउन माग गरेका छन् ।

 

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV