कोरोना संक्रमित आमाले दिइन् जुम्ल्याहा बच्चाको जन्म, दुवै बच्चा स्वस्थ


SHARES

एजेन्सी । भारतको मध्य प्रदेश कोरोना भाइरसबाट सबैभन्दा प्रभावित भारतीय राज्यमा पर्छ । अहिले एउटा समाचार भारतमा भाइरल बनेको छ । एक कोरोना संक्रमित महिलाले स्वस्थ जुम्ल्याहाको जन्म दिएकी छन् ।

अस्पतालका चिकित्सक सुमित शुक्लाले सुत्केरीपछि आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । ती महिला नर्मल डेलिभरी भएकी छन् । मध्य प्रदेशमा चौथो चरणको लकडाउन चलिरहेको छ ।

लकडाउनकै समयमा संक्रमित महिलाबाट जुम्ल्याहा बच्चा जन्मिएका हुन् । मध्य प्रदेशमा मात्रै संक्रमितको सख्ंया ६ हजार कटेको छ । ज्यान गुमाउनेको संख्या २ सय ५० नाघेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV