भारतमा एकदिनमा अहिलेसम्मकै धेरै संक्रमित : संक्रमितको संख्या १३८,५३६ पुग्यो


SHARES

एजेन्सी । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा ७ हजार १ सय १३ जनामा संक्रमण फेला परेको छ । यो एक दिनमा देखिएको अहिलेसम्मको धेरै संक्रमण हो ।

भारत कोरोना अति प्रभावित देशको सूचीमा १० औँ स्थानमा उक्लिएको छ । अहिलेसम्म १ लाख ३८ हजार ५ सय ३६ जनामा संक्रमण देखिएको छ । ४ हजार २४ जनाले ज्यान गुमाएका छन् ।



भारतमा अहिलेकै गतिमा संक्रमितको संख्या बढेमा दुईहप्ताभित्रै प्रमुख पाँच देशमा पर्ने देखिएको छ । भारतभन्दा अगाडि टर्की, जर्मनी, फ्रान्स, इटली, बेलायत, स्पेन, रसिया, ब्राजिल र अमेरिका रहेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV