चीनले भन्यो, 'अमेरिकामा कोरोनासँगै राजनीतिक भाइरस पनि फैलियो'


SHARES

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणलाई लिएर चीनविरुद्ध विभिन्न प्रकारका आरोप लगाएपछि चीनले पनि कडा जवाफ दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले कोरोना भाइरसमा राजनीतिक भाइरस मिसाएर चीनविरुद्ध प्रयोग गर्न खोजिएको बताएका छन् ।

बेइजिङमा पत्रकारहरुसँग कुराकानी गर्दै विदेशमन्त्री यीले कोरोना भाइरसको संक्रमण फैलिनुमा चीन जिम्मेवार नभएको बताए । पश्चिमा मुलुकले वुहानको प्रयोगशालाबाट भाइरस लिक भएको, सुरुवाती सूचना लुकाइएको लगायतका आरोप लगाएका छन् । चीनले यी सबै आरोपको खण्डन गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ भन्छन, 'हामीलाई अफसोस छ कि कोरानाबाहेक अमेरिकामा एक राजनीतिक भाइरस पनि फैलिएको छ । जसले चीनमाथि विभिन्न प्रकारका आरोप र बदनाम गराउने प्रयास गरिरहेको छ । तर त्यो लामो समयसम्म टिक्दैन । मानवीय संवेदना नभएका यस्ता आरोप गैरकानुनी र अन्तर्राष्ट्रिय नियमको विरुद्धका कदम हुन् ।'

चीनले कोरोना भाइरसको संक्रमणका विषयमा निष्पक्ष छानबिनका लागि आफू तयार रहेको प्रतिक्रिया दिएको छ ।

चिनियाँ विदेशमन्त्री वाङले अमेरिकासँगको तिक्ततापूर्ण सम्बन्ध कोल्डवारको सम्मुख पुगेको बताउँदै सहकार्य गर्दा दुवै देशलाई फाइदा हुने कुरामा अमेरिकालाई स्मरण गराएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV