भारतमा दुई महिनापछि उडान सुरु: विमानस्थलमा दुई मिटरको दूरी, टचलेस सिस्टमको फलो !


SHARES

एजेन्सी । भारतमा आजदेखि हवाइ उडान सुरु भएको छ । भारतको आन्ध्र प्रदेश र पश्चिम बंगालबाहेका ठाउँमा सयौँ उडान सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आन्ध्र प्रदेशमा भोलि र पश्चिम बंगालमा बुधबारदेखि हवाइ उडान सुरु हुनेछ ।

भारतीय उडड्यनमन्त्री हरदीप सिंह पुरीले देशभरका नागरिकको चाहना अनुसार विभिन्न राज्यसँगको समन्वयमा उडान सुरु गरिएको जानकारी दिएका छन् ।

मुम्बइ र आसपासका सबै विमानस्थलबाट लकडाउन पहिलेकै सेड्युलमा आजदेखि जहाज चल्ने छन् । झण्डै दुई महिनापछि हुन थालेको हवाइ उडानलाई लिएर विमानस्थलमा विभिन्न प्रकारका व्यवस्था गरिएको छ ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि विमानस्थलमा दुई मिटरको दूरी र टचलेस सिस्टम फलो गरिएको छ । हरेक विमानस्थलमा स्वास्थ्य जाँच गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV