संविधान संशोधन तथा बजेट छलफल छरितो बनाउन दलीय परामर्श 


SHARES

काठमाडौं । संविधान संशोधनको विधेयकको प्रक्रिया तथा बजेट छलफल छरितो बनाउन सभामुख अग्निप्रसाद सापकोटाले दलीय परामर्श सुरु गरेका छन् ।

हिजो आइतबार कार्य व्यवस्था परामर्श समितिमा सभामुख सापकोटाले दलका प्रमुख सचेतक तथा सचेतकसँग परामर्श गरेका हुन् । बैठकले फेरिने निशान छाप अनुसार सङ्घीय संसद्का सदस्यको लोगो परिमार्जनको प्रबन्ध गर्न पनि निर्देशन दिएको छ । बैठकमा बजेट छलफल छोटो र छरितो बनाउने गरी दलभित्र भूमिका खेल्न प्रमुख सचेतकसँग सभामुखले आग्रह गरेका छन् । यस्तै संविधान संशोधनको प्रस्तावमा अघि बढ्न आवश्यक परे दलीय परामर्श गर्न पनि सुझाव दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले संविधान संशोधन प्रक्रियागत गरे । यसमा के कसरी अघि बढ्ने राजनीतिक विषय पनि हुन्छ । यदि त्यस्तो भएमा थप छलफल गर्न दल बीचमा आग्रह भएको छ । बजेट छलफल छरितो र छोटो बनाएर अघि बढ्ने पनि छलफल भएको जानकारी दिइएको छ ।

संविधान संशोधन विधेयक जेठ १३ गतेको बैठकमा पेस गर्ने सरकारको तयारी भए पनि नियमावलीले तोकेको अनुमति माग्ने प्रस्तावको न्यूनतम समयबारे बैठकमा छलफल भएको छ । नियमावली अनुसार सरकारी विधेयक दर्ता भएको कम्तीमा पाँच दिनपछि मात्र सदनमा पेसका लागि योग्य हुनेछ । ९ गते २ बजेपछि मात्र विधेयक दर्ता भएकाले सूचना दिएको समय १० गतेबाट मात्रै प्रारम्भ हुनेछ । यसर्थ विधेयक १३ गते पेस हुने सम्भावना भने न्यून छ ।

यस्तै बैठकले नेपाल सरकारले जारी गरेको नक्सा अनुसार सदनका रोस्ट्रम लगायतमा प्रयोग भइरहेका नक्सा परिमार्जन गर्न सचिवालयलाई निर्देशन दिएको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV