इद उल फित्रले आपसी सद्भाव, सहिष्णुतालाई बलियाे बनाउँछ: राष्ट्रपति


SHARES

काठमाडौं । आपसी सद्भाव, सहिष्णुता, भातृत्व एवम् पारस्परिक सहयोगलाई थप प्रगाढ बनाउन इद उल फित्रले सहयोग गर्ने राष्ट्रपति विद्यादेवी भण्डाडरीले बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले इस्लाम समुदायको इदुल फित्रको अवसरमा शुभकामना सन्देश दिँदै यस्तो बताएकी हुन । उनले सोमबार जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘जातजाति र समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकासमा पर्वहरुले टेवा पुर्याउने विश्वाससमेत व्यक्त गर्दछु ।’

उनलदे नेपालीबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ भई सभ्य, समुन्नत र समृद्ध समाज निर्माण गर्न ईद पर्वले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन् । उनले इदुल फित्र चाडका अवसरमा मुस्लिम समुदायमा सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गरेकी छिन् ।


SHARES


mode_editप्रतिक्रिया

यो पनि पढौँ



menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV