प्रधानमन्त्री ओलीले ईद उल फित्रको शुभकामना दिदैँ भने, ‘घरमै रहेर सुरक्षित तवरले मनाउँ’


SHARES

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले ईद उल फित्रको शुभकामना दिदैँ भने घरमै रहेर सुरक्षित तवरले मनाउन आग्रह गरेका छन् । इस्लाम समुदायको पवित्र पर्व ईदुल फित्रको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना सन्देश जारी गर्दै कोरोना कहरको वेला घरमै बसेर चाडपर्व मनाउन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘यस विशेष परिस्थितिमा घरमै रहेर सुरक्षित तवरले चार्डपर्व मनाउन पनि म आह्वान गर्दछु ।’ ‘समृद्ध नेपाल–सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा रहेको स्मरण गराउँदै उनले ठीक यसैबेला विश्वब्यापी संकटका रुपमा कोभिड–१९ भाइरसको महामारी सामना गर्नुपरेको बताएका छन् ।

स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना’ व्यक्त गर्दै ओलीले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश रहेको दाबी गर्दै मौलिक पुँजीको रुपमा रहेको धारणा व्यक्त गरेका छन् ।

‘एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ । विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्,’ ओलीको शुभकामना सन्देशमा भनिएको छ, ‘विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु यस देशमा सम्मानित र संरक्षित छन् । लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो ।’


SHARES


mode_editप्रतिक्रिया

यो पनि पढौँ



menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV