पहाडी क्षेत्रमा आंशिक बदली, अपरान्हपछि केही स्थानमा मेघगर्जन, चट्याङ, र हावाहुरीसहित वर्षाको सम्भावना


SHARES

काठमाडौं । हाल भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली कायम रहेको छ।

नेपालको पूर्वी भू–भागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अपरान्ह पछि पश्चिमी पहाडी भू–भागका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ, र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

आज राती देशको पहाडी भू–भागहरुमा सामान्य बदली हुनेछ भने बाँकी भू–भागमा आंशिक बदली हुने महाशाखाले जानकारी दिएको छ।

मध्य तथा पूर्वी भू–भागका केही स्थान र पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV