नेपालमा पहिलो पटक कोरोना संक्रमित युवकको अपरेशन


SHARES

काठमाडौं । नेपालमा कोरोना संक्रमित युवकको पहिलो पटक शल्यक्रिया भएको छ । पाटन अस्पतालमा आइसोलेसनमा भएका एक कोरोना संक्रमित युवकको हड्डीको शल्यक्रिया भएको हो ।

सप्तरीका ३२ वर्षीय युवकको आज शल्यक्रिया सफल भएको पाटन अस्पतालले जनाएको छ । अस्पतालका कोरोना डेडिकेटेड संयोजक डा. विमल पाण्डेले ती व्यक्तिको खुट्टा भाँचिएकाले शल्यक्रिया गर्नु परेको थियो ।

नेपालमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिको शल्यक्रिया भएको हो । अन्य देशमा पनि नभएको हुनसक्ने उनले बताएका छन् ।

डा. सुमन श्रेष्ठ र डा. तोया भट्टसहितको स्वास्थ्यकर्मीको टोलीले संक्रमित व्यक्तिको शल्यक्रिया गरेका थिए । बिरामीको अवस्था अहिले सामान्य रहेको पाटन अस्पतालले जनाएको छ । 

फाइल तस्बिर


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV