भारतीय र चिनियाँ सेनाबीच लद्दाख क्षेत्रमा फेरि तनाव


SHARES

एजेन्सी । भारत र चीनको विवादास्पद सीमा क्षेत्र लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलओसी)मा फेरि दुवै देशका सेना आमने सामने भएका छन् ।

भारतीय सञ्चारमाध्यमले दुवै देशका सेनाबीच तनाव उत्पन्न भएको जनाएका छन् । उक्त क्षेत्रमा चीनले ५ हजार सेना तैनाथ गरेको आरोप लगाउँदै भारतले पनि आफ्नो सेनाको संख्या बढाएको छ ।

त्यहीँबीचमा चीनले मावनरहित हेलिकप्टरको प्रयोग भारतीय सीमा क्षेत्रमा गर्नेगरी परीक्षण सम्पन्न गरेको छ । एक महिनाभित्र भारत र चीनबीच तीन पटकसम्म झडप भइसकेको छ ।

एएनआइका अनुसार भारतीय सेनाको ८१ र ११४ ब्रिगेड सेना तैनाथ क्षेत्र नजिकै चिनियाँ सेना पनि देखिएका छन् ।

चिनियाँ सेना नियन्त्रण रेखा नजिकै रहेको पेनगोंग ताल नजिकै पुगेको जनाइएको छ । भारतले थप सैनिक पठाउन थालेपछि दुवै देशबीचको तनाव थप बढ्ने अनुमान गरिएको छ ।

भारतीय सेनाको एउटा गस्ती टोलीलाई यो बीचमा चीनले नियन्त्रणमा लिएर मुक्त गरेको छ । हवाइ गस्ती र लडाकु विमानको प्रयोगमा दुवै देशले जोड दिन थालेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV