स्वास्थ्यमन्त्री ढकालको कोरोना परीक्षणको रिपोर्ट सार्वजनिक


SHARES

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको पिसिआर विधिबाट कोरोना संक्रमणको परीक्षण गरिएको छ ।

मन्त्री ढकाललाई कोरोना संक्रमणको आशंका लागेपछि आज बिहान स्वाव परीक्षण गरिएको थियो । पिसिआर विधिबाट गरिएको परीक्षणमा नेगेटिभ देखिएको छ ।

उनका प्रेस सल्लाहकार माधव तिवारीले मन्त्री ढकालको आज कोरोना परीक्षण गरिएको बताए । उनले भने, ‘रिपोर्ट आयो, संक्रमण देखिएन ।’

केही दिनअघि मन्त्री ढकालले एकजना संक्रमितलाई भेट गरेको र मन्त्री क्वारेन्टाइनमा रहेको व्यापक हल्ला भएको थियो । विभिन्न सञ्चार माध्यमले मन्त्रीमा कोरोनाको आशंका गर्दै क्वारेन्टाइनमा रहेको सार्वजनिक गरेका थिए ।

मन्त्री ढकाल भने निरन्तर काममा रहेको प्रेस सल्लाहकार तिवारीले बताए । उनले भने, ‘मन्त्रीज्यू दैनिक १८ घण्टासम्म खटेर काम गरिरहनु भएको छ । अहिले पनि मन्त्रालयमै हुनुहुन्छ । होम क्वारेन्टाइनमा रहेको भन्ने हल्ला मात्र हो ।’


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV