भारतसँगको विवादपछि चिनियाँ राष्ट्रपतिको आदेश : 'जुनसुकै अवस्थाको युद्धका लागि तयारी गर्नु'


SHARES

एजेन्सी । भारतसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी)मा बढ्दो तनाव र अमेरिकासँग कोरोना महामारीमा बढ्दो खिचातानीकाबीच चिनियाँ राष्ट्रपति सी जिङ पिङले सैन्य तालिम र युद्धका लागि तयारी अवस्थामा रहन जनमुक्ति सेनालाई निर्देशन दिएका छन् ।

भारतीय सञ्चारमाध्यमले चिनियाँ सरकारी मिडियालाई उदृतगर्दै राष्ट्रपति सीले देशको सम्प्रभूता रक्षाका लागि सैनिक प्रशिक्षण बलियो बनाउन र युद्धका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका दावी गरेका छन् ।

सीले कोरोना भाइरससँगको लडाईँलाई लिएर चीनको प्रदर्शन सैन्य क्षेत्रको सफलता भएको उल्लेख गर्दै उनले अब सशस्त्र बललाई महामारी भन्दा फरक सैन्य क्षेत्रको प्रशिक्षणमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय भारतसँगको सीमावर्ती इलाकामा दुवै देशका सेनाबीच ससाना झडपका घटना भइरहेका छन् । भारतीय मिडियाले यो घटनालाई चीनले युद्धका लागि तयारी गरेको आरोप लगाएका छन् ।

नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले सुरक्षा प्रमुखसँग मंगलबार छुट्टाछुट्टै भेटेर चिनियाँ सीमा क्षेत्रको अवस्थाका विषयमा जानकारी लिएका थिए ।

बैठकमा तीनवटै सेनाका प्रमुखको सहभागिता रहेको थियो । लद्दाख क्षेत्रमा पछिल्ला दिनमा दुवै देशले सैनिकको संख्या हजारौँले बढाएका छन् ।

यो पनि हेर्नुस्

नेपाल र चीन मामिलामा भारतीय रक्षामन्त्रीद्वारा तीनवटै सेना प्रमुखसँग छलफल

चीनविरुद्धको कारबाहीका बारेमा मोदीले गरे छलफल : तीनवटै सेनाले बुझाए सुझाव

'नेपालसँग के भइरहेको छ ? सरकारले सत्य जवाफ दिनुपर्छ' : राहुल गान्धी

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV