सिन्धुलीमा हुरीबतासको वितण्डा, मरिणमा दुई सय बढी घरका छाना उडायो


SHARES

  • दिपेश थापा

सिन्धुली । मंगलबार साँझबाट वर्षासहित आएको हावाहुरीले सिन्धुलीका विभिन्न ठाउँमा नोक्सान पुर्याएको छ ।

हुरीका कारण गोलन्जोरमा क्वारेन्टाइन बनाइएको घरको छानो उडाएपछि क्वारेन्टाइनमा बसेकालाई गोलन्जोरकै खुर्कोटमा सारिएको छ ।

पानीसँगै परेको हुरीले फिक्कलको एउटा स्कुलको छाना उडाएको स्थानीयले बताएका छन् । उता मरिण गाउँपालिकामा बर्षासँगै आएको हुरीका कारण वडा नम्बर १ र २ नम्बर वडाका सबैजसो मकै बाली सखाप पारेको छ ।

त्यहाँ दुई सयभन्दा बढी घरका छाना उडाएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिए । आजै १० टन जस्ता सदरमुकाम सिन्धुली माढीबाट मगाइएको उनले बताए ।

भोलिबाट हावाहुरी पीडित स्थानीयलाई वितरण गरिने गाउँपालिका अध्यक्ष बम्जनले जानकारी दिए । गाउँपालिकामा आकास्मिक बैठक बसेको र बैठकले कोरोना राहत कोषमा पालिकाका सबै सदस्यले एक महिनाको तलब दिने निर्णय पनि गरेको अध्यक्ष बम्जनले जानकारी दिए ।

हावाहुरीले मरिण गाउँपालिकाको वडा नम्बर २ र ४ नम्बर वडा कार्यालयको छाना समेत उडाएकाले सेवा प्रवाहमा समस्या परेको बम्जनले जानकारी दिए । क्षतिको विवरणबारे थप जानकारी लिने काम भइरहेको उनले बताए ।

गाउँपालिकाले ३५ लाखबाट सुरुवात गरेको कोरोना कोषमा अहिलेसम्म ७८ लाख ८० हजार जम्मा भएको मरिन गाउँपालिकाका प्रवक्ता विमर्श मोक्तान (प्रख्यात) ले जानकारी दिए ।

यता सदरमुकाम सिन्धुलीमाढी बिहानै पानीसँगै परेको चटयाङ्ग लागेर एक जनाको ज्यान गएको छ ।

जिल्लाका विभिन्न ठाउँमा हावाहुरीको रिपोर्ट आउने क्रममा रहेको प्रहरीले जनाएको छ । सिन्धुलीमा हुरीबतासले बत्ति पनि विद्युत आपूर्तिमा समस्या भएको ।

बिपी राजमार्गको कालापानी क्षेत्रको जङ्गलमा तीन वटा रुख ढलेकामा आज बिहानै विद्युत प्राधिकरणका पेट्रोल कर्मचारी गएर पन्छाएका थिए ।

विशेष गरेर हावाहुरीले यहाँ कहिले बिजुली जान्छ भने कहिले ईन्टरनेट चल्दैन । जिल्लामा हिजो रातभर बत्ती आएन । छिमेकी रामेछाप पनि अन्धकार रह्यो । सिन्धुली आउने बत्ति यो जिल्ला बाहेक रामेछाप पनि जान्छ ।

जब बर्षा शुरूवात भयो सिन्धुलीका मानिसहरुलाई तनाव सुरुवात हुन थाल्छ । हावाहुरी चल्न थालेपछि स्थानीयसँगै विद्युतका कर्मचारी पनि तनावमा हुन्छन । हुरी चलेपछि यहाँ कहिले रुख ढल्ने, कतिबेला बत्ति जाने भन्ने चिन्ताले सताउने गरेको छ ।

महोत्तरी र सिन्धुलीको बीचमा घना जङ्गल छ । जङ्गलको बीचबाट बिजुलीको तार ल्याइएको छ । वर्षाको बेला रुखहरु ढलिरहँदा पटकपटक बत्ती जाने समस्या भएको विद्युत बितरण केन्द्र सिन्धुलीका इन्जिनियर राजु महतो बताउँछन । उनले भने, ‘दिउँसो हुरी चले त हामी बनाइ हाल्छौ, राती चल्यो भने त समस्या छ ।’


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV