सशस्त्र प्रहरीद्वारा दुई थान भरुवा बन्दुक बरामद


SHARES

नेपालगञ्ज । बाँकेको कोहलपुरबाट लोड गरिएको अवस्थामा दुई थान भरुवा बन्दुक र सर्रा र घरेलु बारुद बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ५४ गुल्म कोहलपुरको टोलीले कोहलपुर नगरपालिका ८ को सितलछायाँ सामुदायिक वन नजिक सिक्टा सिचाई नहरको पुलमुनि लुकाई राखेको अवस्थामा लोड गरिएको २ थान भरुवा बन्दुक बरामद गरेको सशस्त्र प्रहरीका डिएसपी श्यामकुमार कार्कीले जानकारी दिए ।

डिएसपी कार्कीका अनुसार, सुराकीका आधारमा सो स्थानबाट भरुवा बन्दुकमा प्रयोग हुने बारुद र छर्रा लगायतका सामग्री बरामद गरिएको हो । वन क्षेत्रमा सिकार खेल्ने प्रयोजनका लागि हतियार लुकाएर राखेको हुनसक्ने कार्कीले बताए ।

लकडाउनको समयमा कोहलपुर क्षेत्रका सामुदायिक बनहरुमा चोरी सिकारीका घटना बढ्न थालेका छन । केही समय पहिले कोहलपुर ८ को सामुदायिक वनमा राखिएको पासोमा परेर एक स्थानीय गम्भीर घाईते भएका थिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV