चिनियाँ सर्वेक्षण टोली २:३० घन्टासम्म सगरमाथाको चुचुरोमा


SHARES

एजेन्सी । चिनियाँ सर्वेक्षण टोलीले सगरमाथाको शिखरमा २:३० घन्टा बिताएको छ । बुधबार संसारकै अग्लो सगरमाथाको शिखरमा पुगेर ८ सदस्यीय टोलीले फेरि एक पटक सगरमाथाको उचाइ नापेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

सर्वेक्षण टोलीका सदस्यहरुले बुधबार मार्कर जिएनएसएस स्थापना गरेका थिए भने अन्य विषयबस्तु अवलोकन गरेका छन् । यसलाई हिमालय क्षेत्रको सर्वेक्षणको रुपमा लिइएको छ ।

सगरमाथाको उचाइ परिवर्तनले विश्वव्यापी भूगोल र पारिस्थितिको अध्ययनमा महत्वपूर्ण भूमिका खेल्ने अध्ययन टोलीमा सलग्न सहभागीले बताएका छन् । चीनको प्राकृतिक संशाधन मन्त्रालयका इन्जिनियर चेन गाङले ६ तारेखमा हिँडेको टोली २७ तारेखमा मात्र शिखरमा पुग्न सफल भएको बताएका छन् ।

एकेडेमी अफ साइन्स चाइनाका वायुमण्डलीय भौतिकशास्त्री गाओ डेङ्गीले सर्वेक्षण टोली शिखरमा २:३० घन्टा बसेर विभिन्न अध्ययन गरेको जानकारी दिए । उनले तिब्बतको पठार क्षेत्रको मौसम र जलवायु परिवर्तनका विषयमा पनि यो सर्वेक्षण तथा अवलोकनले ठूलो योगदान गर्ने बताए ।

सर्वेक्षणको अवस्थाका बारेमा विस्तृत रिपोर्ट सार्वजनिक चिनियाँ टोलीको तयारी छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV