गणतन्त्र दिवसमा सिन्धुली कारागारका तीन कैदीले पाए माफी


SHARES

  • दिपेश थापा

सिन्धुली । विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका मध्ये आचरण सुधारेका केही कैदीबन्दीलाई सरकारले आज गणतन्त्र दिवसको अवसरमा रिहा गरेको छ ।

कारागार सिन्धुलीबाट पनि माफी पाउनेमा तीन जना परेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा २ सय ३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्दा सिन्धुलीका पनि तीन जना परेका हुन ।

यसरी माफी पाउनेमा कर्तव्य ज्यान मुद्दाका दुई र सवारी ज्यान मुद्दाका एकजना परेका छन । कारागार सिन्धुलीका प्रहरी नायब निरीक्षक सुरेश कुमार झाले सवारी ज्यान मुद्दा खेपिरहेका तीन जना पुरुषले कैद सजाय माफी मिनाहा पाएको जानकारी दिए ।

अहिले सिन्धुली कारागारमा २२८ कैदीबन्दी छन । जसमा २२२ पुरुष र महिला ६ छन । केही दिन पहिला कैदीबन्दीको कोरोना (पीसीआर) चेकजाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

अहिले कैद भुक्तानी गर्न बाहिरबाट आउने ब्यक्तिलाई सिन्धुली अस्पताल कोरोना चेकजाँच गरेर मात्रै कारागार लाने गरिएको कारागारका प्रहरी नायब निरीक्षक झाले जानकारी दिए ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV