पूर्वगृहमन्त्री शर्माले फिर्ता गरे गाडीसहित सुरक्षाकर्मी


SHARES

काठमाडौं । काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफ्नो सुरक्षामा खटिँदै आएका सशस्त्र प्रहरी फिर्ता गरेका छन् ।

शर्माले बिहीबार गाडीसहित सुरक्षाकर्मी फिर्ता गरेका हुन् ।

शर्माले सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाललाई फोन गरी आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका थिए ।

जसअनुसार बिहीबार आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई धन्यवादसहित विदाइ गरेको सचिवालयले जनाएको छ । शर्माको सुरक्षामा सशस्त्रका ८ जना सुरक्षाकर्मी खटिँदै आएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य समेत रहेका शर्माले राष्ट्र र जनताको सुरक्षा नै मुख्य कुरा भएकाले गाडीसहितको सशस्त्र प्रहरी फिर्ता गर्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV