ताप्लेजुङमा ट्रक दुर्घटना, चालकको मृत्यु


SHARES

ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ कटहरे मालबाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

निर्माणधीन मध्यतमोर जलविद्युत् आयोजनाको सामग्री लिएर आउँदै गरेको ना ६ ख ८२६२ नम्बरको ट्रक बिहीबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा ट्रकका चालक झापाको बाह्रदशी गाउँपालिका–६ डाँगीबारीका २९ वर्षीय ज्ञानबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक तामाङलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो । सहचालक भने सकुशल रहेका छन् । ट्रक सडकबाट करिव ५० मिटर तल खसेको छ । दुर्घटनाको कारण ब्रेकफेल हुनसक्ने ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख दिपक दुलालले बताए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV