सत्तारूढ दलका अध्यक्षकाे बजेट बारे यस्ताे प्रतिक्रिया


SHARES

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत भएकाे बजेटबारे प्रतिक्रिया दिँदै निकै सन्तुलित तथा जनतालाई राहत दिने प्रकारको बजेट प्रस्तुत भएको बताएका छन् ।

उनले आगामी आर्थिक वर्ष ०७७र०७८ को बजेट सार्वजनिक भएपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्ताे बताएका हुन् । उनले भने, 'सिर्जनात्मक ढंगबाट समाजवादको बाटो पक्रनेगरी बजेट आएकोमा खुसी लागेकाे छ ।'

बजेट सिर्जनात्मक, प्रगतिशिल, जनपक्षीय र समाजवादउन्मुख ढंगले आएको उनले बताए । बजेटले सबै जनता र खासगरी निम्न वर्गका जनतालाई राहत दिने गरी आएको उनको भनाई थियो । आन्तरिक र बाह्य ऋण सहयोग र राजस्वको अनुमान वस्तुवादी भएकाले बजेटको स्रोतहरु त्यसैबाट जुट्ने उनको विश्वास थियो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV