सिन्धुलीमै पीसीआर विधिबाट कोरोना परीक्षणको पहल गरिने


SHARES

  • दिपेश थापा

सिन्धुली । सिन्धुलीमा संकट व्यवस्थापनको बैठक बसेको छ । अब सिन्धुलीमै पीसीआर टेस्टको ल्याब बनाउन पहल गरिने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पान्डेको अध्यक्षतामा बसेको बैठकमा जिल्लाका सुरक्षा प्रमुखहरु र रेडक्रश सिन्धुलीका प्रतिनिधि पनि थिए

पीसीआर ल्याब बनाउन सिन्धुली कमलामाइ–६ मा रहेको भू–संरक्षण कार्यालयलाई कोरोना ल्याब बनाउने निर्णय गरेको प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले जानकारी दिए ।

ल्याब स्थापनाका लागि सामाजिक बिकास मन्त्रालय हेटौंडालाई अनुरोध गरिने प्रशासकीय अधिकृत न्यौपानेले बताए ।

छिमेकी जिल्लामा कोरोना संक्रमण बिरामी बढिरहेको भन्दै तयारीलाई तीब्र पार्न लागिएको हो । अहिले सिन्धुलीमा भारत लगायत अन्यत्रबाट स्थानीय फ़र्कने क्रम तीब्र रहेको बैठकमा छलफल भएको थियो ।

यस्तै बैठकले जिल्लामा क्वारेन्टाइनको संख्या बढाएर नगरपालिकामा ५०० बेड र हरेक गाउँपालिकामा २ सय बेड बनाउने पनि निर्णय गरेको छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV