आगामी वर्षदेखि विद्युतीय राहदानी, विदेशीलाई अनलाइनबाटै भिसा


SHARES

काठमाडौं । सरकारले आगामी वर्षदेखि विद्युतीय राहदानी लागू गरिने जनाएको छ । अर्थ मन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । त्यसैगरी विदेशी नागरिकलाई आगमनमा दिइने भिसा पनि अनलाइन प्रणालीबाट उपलब्ध गराइने बताइएको छ ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौमिक समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरिने बताइएको छ । सरकारले परराष्ट्र नीतिलाई राष्ट्रिय हित, पारस्परिक लाभ र सम्मान, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा दायित्व र न्यायमा आधारित हुने गरी सञ्चालन गरिने पनि जनाएको छ ।

त्यसैगरी राष्ट्रिय हित प्रवद्र्धन गर्न छिमेकी मित्रराष्ट्र, विकास साझेदार, श्रम गन्तव्य मुलुकलगायत अन्य सबै मित्रराष्ट्रसँगको सम्बन्धलाई थप सुदृढ तुल्याइनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा, मर्यादित रोजगारीको निरन्तरता तथा सामाजिक संरक्षणको लागि विदेश स्थित कूटनीतिक नियोगलाई परिचालन गरिनेछ ।

गैर आवासीय नेपालीको ज्ञान, सीप, पुँजी र प्रविधिलाई राष्ट्रिय विकासमा उपयोग गरिने र विदेशमा जोखिममा रहेका नेपालीको संरक्षण र उद्धारमा गैर आवासीय नेपालीको सहयोग लिइने जनाइएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV