अर्घाखाँचीका एक युवकको कोरोनाबाट मृत्यु भएको पुष्टि


SHARES

बुटवल । कोरोना भाइरसको संक्रमणबाट अर्घाखाँचीका एक युवकको मृत्यु भएको छ । जेठ १० गते नेपाल फर्किनेक्रममा भारतीय क्षेत्रमा ज्यान गुमाएका अर्घाखाँची भूमिकास्थानका एक युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

घर फर्किनेक्रममा मृत्यु भएका ती युवकको कपिलबस्तुमा पोष्टमार्टम गरिएको र स्वाब परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिए ।

कपिलबस्तुमा शवको पोष्टमार्टम गरेपछि आफन्तले शव सन्धिखर्क लगेर गाडेका थिए । छाती दुख्ने र बान्ता हुने समस्या भएका उनको लखनऊ आसपासमा मृत्यु भएको थियो । उनीसँगै आएका अन्य ८० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

भूमिकास्थान ढिकुराका ३५ वर्षीय युवक भारतको गुजरातबाट घर फर्किएका थिए । लखनऊ आसपासमा मृत्यु भएका ती युवकको शव कृष्णनगरबाट गएको एम्बुलेन्सले भारतीय सीमा क्षेत्र बढनीबाट नेपाल ल्याएको आफन्तले बताएका छन् ।

ज्यान गुमाउने युवकसँगै आएका अरुलाई क्वारेन्टाइनमा राखिएको भूमिकास्थान ९ का वडाध्यक्ष नारायणप्रसाद खनालले जानकारी दिए ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पाँच जनाको ज्यान गइसकेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV