पर्यटनमन्त्रीज्यू, हिमाल आरोहीलाई १०–१५ लाख अनुदान ऋण दिए हुन्न ?


SHARES

काठमाडौं । आज सगरमाथा आरोहण दिवस हो । सगरमाथामा पहिलोपटक आरोहण सफल भएको दिन । आरोहीका लागि यो खुशीको क्षण थियो नै । तर, सरकारले आरोहीप्रति गरेको बेवास्ताले भने मन खिन्न बनाएका छन् ।

सरकारले हिजो मात्र आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ । हिमाल आरोहण गरेर देशलाई अरवौं राजश्व दिलाउनेहरुका लागि भने कुनै सम्बोधन नै नभएको आरोहीहरुको आरोप छ ।

सगरमाथा आरोहणमा विश्व रेकर्ड कायम गरेका आरोही टासी लाक्पा शेर्पाले त सरकारले आरोहीको सन्दर्भमा दुई शब्द नबोलेर सरकारले हेपेको आरोप लगाए ।

उनले फेसबुकमा लेखेका छन्, ‘बजेटले नछोएको हामी पर्यटन मजदुर र आरोहीहरुको पीडामा पनि दुई शब्द बोल्नुस न हजुर पर्यटनमन्त्री ज्यू ।’

‘यस्ता महासंकटको बेलामा सगरमाथा तथा अन्य हिमाल आरोहण गरेको प्रमाणपत्रको आधारमा प्रत्येक आरोहीलाई १०–१५ लाख अनुदान ऋण दिएको भए ठूलो राहत हुने थियो, हामीलाई पनि राज्य भएको महसुस हुने थियो र संकट पनि टर्नेथियो । आरोहीहरु विदेश पलाएन हुनुको कारण पनि राज्यको हेपाहा व्यवहारले नै हो’, उनले भनेका छन्, ‘हिमाल सरसफाई अभियानको कुरा पनि एकादेशको कथा जस्तै भएछ मन्त्रीज्यू कि ऋण लिएर काठमाडौंमा डरलाक्दो होटेल खोल्नेहरुलाई मात्र राहत दिने हो सरकार ?’


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV