दशककै धनी खेलाडीको सूचीमा टेनिस सुन्दरीहरुको दबदबा


SHARES

एजेन्सी । टेनिस ग्ल्यामर र पैसा दुवै हिसाबले चर्चित खेल मानिन्छ । यो एकमात्र यस्तो खेल हो, जसमा पुरुष खेलाडीहरुले जत्तिकै महिला खेलाडीहरुका लागि पनि पुरस्कार राशी तोकिएको हुन्छ । यहि समानताका कारण विश्वका सर्वाधिक धनी खेलाडीहरुको सूचीमा महिला तर्फ केवल टेनिस खेलाडीहरुको मात्रै दबदबा कायम रहेको छ ।

यसअघि पनि धनी खेलाडीहरुको विश्वस्तरीय सूचीमा महिला टेनिस खेलाडीहरुको नाम फोब्र्स म्यागजीनले प्रकाशित गरेको थियो । पछिल्लो एक दशकदेखि रुसी टेनिस सुन्दरी मारिया सारापोभाको नाम पाचौं, अमेरिकी खेलाडी सेरेना विलियम्स चौथो र जापानकी नाओमी ओसाकाले पहिलो स्थानमा सर्वाधिक कमाई गर्ने महिला खेलाडीको किर्तिमान बनाएका छन ।

नाओमी ओसाका

फोब्र्सको सन २०२० को सूचीमा ओसाकाले ३७.४ मिलियन डलर कमाई गरी विश्वमै सबैभन्दा धेरै कमाउने खेलाडीहरुको सूचीको २९औं नम्बरमा आफ्नो नाम दर्ता गराउन सफल भएकी छिन । ओसाकाले, महिला खेलाडीहरुमा सबैभन्दा बढी कमाई गर्ने रुसी खेलाडी मारिया सारापोभाको किर्तिमान तोड्न सफल भएकी छिन ।

मारिया सारापोभा

जापानी टेनिस खेलाडी ओसाका मात्र एक बर्षको हुँदा अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले सन १९९९ मा आफ्नो पहिलो ग्राण्ड स्लाम उपाधी जितेकी थिइन । १९ बर्षपछि सन २०१८ मा जापानी सुन्दरी ओसाकाले अमेरिकी ब्ल्याक ब्युटी सेरेनालाई पराजित गरि फ्रेन्च ओपनको रुपमा आफ्नो पहिलो ग्राण्ड स्लाम जितेकी थिइन ।

यी दुई खेलाडीबीचको फाईनल खेल ओपन टेनिसको ईतिहासमै सबैभन्दा बढी विवादित पनि बन्यो । अहिले २२ बर्ष पुगेकी जापानी टेनिस सुन्दरी ओसाकाले ३८ बर्षीया अमेरिकी टेनिस सुन्दरी सेरेना विलियम्सलाई हराएर विश्वकै सर्वाधिक धनी महिला एथ्लेटिक खेलाडीको उपाधी आफ्नो नाममा दर्ता गराउन सफल भएकी छिन ।

सेरेना विलियम्स

यसअघि रुसी टेनिस सुन्दरी मारियाले सन २०१५ मा २९.७ मिलियन डलर कमाई गरी विश्वकै सर्वाधिक कमाई गर्ने महिला खेलाडीको किर्तिमान बनाएकी थिईन । अहिलेको ताजा सूची अनुसार अमेरिकी टेनिस सुन्दरी सेरेना विलियम्स ३३औं नम्बरमा छिन ।

उनको कमाई जापानी टेनिस सुन्दरी नाओमी ओसाका भन्दा झण्डै १७ करोड कम छ । सेरेना सन २०१३ र १४ मा विश्वका सय शीर्ष खेलाडीको सूचीमा परेकी थिइन भने सर्वाधिक कमाई गर्ने विश्वका सय खेलाडीहरुको सूचीमा सारापोभा परेकी थिइन ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV