कोरोना टेष्ट स्याम्पल खोसेर रुखमा पुग्यो बाँदर, टुप्पोमा बसेर चपायो टेष्ट किट ! (भिडियोसहित)


SHARES

एजेन्सी । भारतको मेरठको एक मेडिकल कलेजमा बाँदरले आतंक मच्चाएको छ । शुक्रबार मेडिकल कलेजमा अनौठो दृश्य देखियो । बाँदरको समूहले एक ल्याब टेक्निसियनबाट कोरोना भाइरस परीक्षण्का लागि लैजादै गरेका पाँच वटा स्याम्पल लुटेको छ । यो भिडियो भाइरल बनेको छ ।

भिडियोमा बाँदरले रुखको टुप्पोमा बसेर स्याम्पल कलेक्सन किट चपाएको देख्न सकिन्छ । भिडियो भाइरल बनेपछि मेरठ मेडिकल कलेजका प्रमुख डा. एस के गर्गले बाँदरले कोरोनाका बिरामीका रुटिन चेकअपका लागि पठाइएको स्याम्पल बाँदरले लगेको जानकारी दिए । बिहीबार उत्तर प्रदेशमा १५ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको थियो ।

बाँदरले किट चपाएपछि स्थानीयले प्रशासनको आलोचना गरेका छन् । साबधानी नअपनाउँदा बाँदरले किट लगेको र त्यसले कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने भन्दै स्थानीय त्रसित बनेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV