शासक पुजिने देशमा विद्वान पुज्ने मानिस

व्यक्ति–वृत्त


SHARES

  • राजकुमार दिक्पाल

एक दिन इतिहाससम्बन्धी जिज्ञासा लिएर म घट्टेकुलोस्थित ‘कार्की निवास’ पुगेको थिएँ, इतिहासकार प्रा.डा. सुरेन्द्र केसीलाई भेट्न । उहाँले छुट्ने बेलामा केही प्रकाशनहरु मलाई उपहार दिनुभयो । तीमध्ये एउटा प्रा.डा. केसीकै बारेमा लेखिएको र अर्को इतिहासकार डा. इन्दिरा जोशीका बारेमा लेखिएका प्रकाशन थिए ती, ज्ञानगुन प्रकाशनबाट छापिएका ।

यी प्रकाशन मेरो हातमा थमाइरहेको बेला प्रा.डा. केसीले यो पनि भन्नुभयो, ‘बचेको समय निकालेर, आफ्नै खल्तीबाट खर्च झिकेर यी मानिसले विद्वान स्रष्टाहरुको सम्मान र आराधना गरिरहेका छन्, तर यिनैलाई यहाँ देखिसहेका छैनन् । अदालतका न्यायाधीश हुन्, उनलाई लखेट्ने र दुःख दिने काम भइरहेको छ । तर पनि यिनले आफ्नो धर्म छाडेका छैनन् ।’

२०७३ सालदेखि ज्ञानगुन प्रकाशनको गतिविधि देखा परेको छैन । तर यो रोकिएको भने होइन, स्थगन मात्र भएको हो । दुई वर्षपछि फेरि यसले निरन्तरता पाउने छ । त्यतिखेरसम्म यी ज्ञानगुन–अभियन्ता पेशाबाट सेवा निवृत्त हुनेछन्, र विद्वतपूजाका लागि निर्धक्क हुनेछन् ।

हुँदाहुँदै चार वर्षअघि यिनै न्यायाधीशलाई एक प्रकारको कारवाही भयो । उनलाई कारवाही गरिएको दृश्य देख्दा राणाकालमा निर्दोष ब्यक्तिलाई ‘कुमारी चोक’ लागेजस्तै लाग्छ । उनलाई लागेको अपराध थियो, साहित्यिक कार्यक्रम गर्दै हिँडेको, साहित्यिक पत्रिका निकाल्दै हिँडेको । नेपालका विद्वानहरुमध्ये कसैको जिवितावस्थामै र कसैको मृत्यूपर्यन्त ‘अक्षरको अभिवादन’ गर्दै स्मृति र शुभेच्छा अङ्कहरुका साथ ‘ज्ञानगुनका कुरा’लाई निरन्तरता दिँदा उनलाई जुम्ला सरुवा गरियो । यो दृश्य ‘मकैको खेती’ लेख्दा कृष्णलालले पाएको कारावासको सजायजस्तै लाग्छ ।

२०७३ सालदेखि ज्ञानगुन प्रकाशनको गतिविधि देखा परेको छैन । तर यो रोकिएको भने होइन, स्थगन मात्र भएको हो । दुई वर्षपछि फेरि यसले निरन्तरता पाउने छ । त्यतिखेरसम्म यी ज्ञानगुन–अभियन्ता पेशाबाट सेवा निवृत्त हुनेछन्, र विद्वतपूजाका लागि निर्धक्क हुनेछन् ।

...

हालः उच्च अदालत, दिपायलका कायम मुकायम मुख्य न्यायाधीश शेषराज शिवाकोटीले सञ्चालन गरेको ज्ञानगुन प्रकाशन कुनै नाफामुखी संस्था होइन । यसको मूल प्रवृत्ति नेपालका विद्वानहरुप्रतिको स्मृति, शुभेच्छा र सम्मान हो । एक सय ९६औं अङ्कसम्म आइपुग्दा यसले नेपालका कुनै पनि विद्वान तथा विदुषीहरुलाई बाँकी नराख्ने गरी सम्मान र श्रद्धा गर्ने प्रयत्न गरेको देखिन्छ । त्यसो त कतिपय ब्यक्तित्वहरु समेटिन बाँकी नै छ, त्यो थाती रहेका काम अबको दुई वर्षपछि भटाभट देख्न पाइनेछ ।

२०४८ सालमा नारायणगोपालसम्बन्धी एक सय वटा लेख, संस्मरण लगायतले भरिएको ज्ञानगुनको भाग १३ नारायणगोपाल श्रद्धाञ्जली विशेषाङ्कको रुपमा देखा पर्यो । तिनै स्मृति विशेषाङ्कहरु भूपी शेरचन, पोषण पाण्डे, पारिजात, भारतीय चलचित्र निर्देशक सत्यजित रे हुँदै हृदयचन्द्रसिंह प्रधानसम्म आइपुग्यो ।
जो जसका बारेमा स्मृति अङ्कहरु समर्पित भए, ती विद्वान स्रष्टाहरुले आफ्नो बारेमा लेखिएका सम्झना, आफ्नो कृतिको मूल्याङ्कन र समालोचना आफ्नै आँखाले देख्न पाएनन् । त्यसैले जिवितावस्थामै उनीहरुलाई शुभेच्छा अङ्कहरुले अभिनन्दन गर्न यी विद्वतपूजक अघि सरेका देखिन्छन् । २०५० सालदेखि सुरु भयो यसै क्रममा नयराज पन्त, धनबज्र बज्राचार्य, ज्ञानमणि नेपाल, श्यामप्रसाद शर्मा, बासुदेव लुइटेल, जनकलाल शर्मा, मोहन दुवाल, दिनेशराज पन्त, प्रा.डा. सुरेन्द्र केसी, डा. इन्दिरा जोशी, प्रा.डा. विणा पौड्याल, प्रा.डा. टङ्कप्रसाद न्यौपानेलगायत ५० जना विद्वान विदुषीहरुले यी विद्वत्पूजकबाट जिवितावस्थामै पूजित हुने अवसर पाए । यसैक्रममा नेपालको साहित्यिक इतिहासमा विशिष्ट महङ्खव राख्ने ‘रचना’ पत्रिकाले पनि यस्तो अवसर पाएको छ । पत्रिका पनि अभिनन्दित भयो ।

यी विद्वान विदुषीहरुमध्ये नयराज पन्तकै बारेमा ३० वटा भाग प्रकाशित भए, १० वटा जिवितावस्थामा र २० वटा मृत्यूपर्यन्त । धनबज्र र श्यामप्रसादका बारेमा सात–सात भाग छापिए ।

...

यी विद्वतपूजकले नाफा कमाउनका लागि आफ्नो प्रकाशनलाई निरन्तरता दिएका होइनन् भन्ने स्पष्टीकरण माथि नै दिइसकियो । उनले जजसको पूजा अर्चना गरे, ती सबै विद्याकै लागि मात्र समर्पित रहे, शक्ति केन्द्रमा पुगेनन् । यसले पनि उनलाई यो पूजा अर्चनाले ब्यक्तिगत लाभ र उन्नति हुने कुरा भएन । यो त उनको हृदयबाट प्रकट हुन पुगेको विद्वान विदुषीहरुप्रतिको उच्च श्रद्धा, शुभेच्छा र समर्पण हो । आजभोलीको यो नाफा कमाउ कलियुगमा यी विद्वतपूजक विरलाकोटीका लाग्छन् । यिनैबाट सिक्न सकिन्छ, विद्वान विदुषीको पूजा अर्चना गर्ने विधिविधान ।

एक दिन उनी इतिहासकार ज्ञानमणि नेपालको कलंकीस्थित निवासमा पुग्दा उनले आफूलाई औडाहा हुने सूचना पाए । सूचना थियो, इतिहासकार धनबज्र बज्राचार्यको जटील स्वास्थ्य अवस्था । नेपाली इतिहासको खोज र अनुसन्धानमा आफ्नो जीवन समर्पण गर्ने यी विद्वान नाजुक हालतमा छन् भन्ने सुनेपछि उनी त्यहाँबाट ट्याम्पो चढेर हतारिदै वायुसेवा निगम अगाडीको स्टेशनमा उत्रिए । त्यहाँबाट सरासर मासंगल्लीमा पुगेर एक आयुवेर्दिक औषधालयका मानिसहरुलाई निवेदन गरे, ‘म धनबज्रज्यूलाई भेट्न आएको ।’

तर धनबज्रज्यूको संवेदनशील स्वास्थ्यका कारण हो कि कुन कारणले, उनलाई भेटको अनुमति मिलेन । तर दाउ पारी उनीहरुको आँखा छलेर उनी माथिल्लो तल्ला निस्के, रोगसँग सङ्घर्ष गरिरहेका विद्वानसँग भेट गरी आरामकुशल सोध्न ।

भेटपछि धनबज्रको अनुहारमा उज्यालो छायो । त्यसपछि थाहा भयो, उनको दुई वटै मिर्गौलाले काम गरिरहेको छैन । मिर्गौला फेर्न पाए, यी विद्वानको आयु लम्बिने थियो । तर मिर्गौला फेर्न मद्रास जानुपर्ने र त्यसका लागि दुई लाख रुपैयाँ लाग्ने बताइएको थियो । त्यो रकम भने धनबज्रसँग थिएन ।

अनि यी विद्वतपूजक धनबज्रको जटील स्वास्थ्य अवस्थाका बारेमा जनमानसमा प्रचार गर्ने र सम्बन्धित ठाउँको ढोका ढक्ढक्याउने अठोट बोकेर त्यहाँबाट निस्के । यी विद्वानको चरणस्पर्श गरी उनी सरासर न्यूप्लाजा आए, जहाँ साप्ताहिक ‘युगसंवाद’को कार्यालय थियो ।

सम्पादक सोमनाथ घिमिरेलाई धनबज्रको अवस्थाको यथार्थ बताएर उनी आफै समाचार लेख्न जुटे । त्यसपछि कालिकास्थान उक्लेर साप्ताहिक ‘समीक्षा’का सम्पादक विनोद दीक्षितलाई फेरि उही यथार्थ बताए । सम्पादकबाट एक लेख नै लेख्न आग्रह आयो । त्यहीँ मौकामा तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति मदनमणि दीक्षितलाई पनि गम्भीर हुने गरी उनले धनबज्रबारे मौखिक समाचार सुनाए ।

नेपाली इतिहासको स्वर्णिम काल मानिने लिच्छविकालको इतिहासका आधिकारिक अध्येताको २०५१ असार २० गते भौतिक रुपमा चोला उठ्यो । नेपाली इतिहासको वास्तविक मर्म बुझ्नेको मनले मात्र प्रश्न सोध्न सक्छ, यदि धनबज्रजस्ता विद्वान नजन्मेको भए यो देशको इतिहास कता पुग्थ्यो होला ?

२०५१ साल वैशाखको दोस्रो साताको धनबज्रसँगको भेटपछि उनले लेखेको समाचार र लेखले सम्बन्धित निकायको ढोका ढक्ढकिएछ । त्रिभुवन विश्वविद्यालयका तत्कालिन उपकुलपति डा. केदारभक्त माथेमाले १९ वर्ष त्रिविको सिनासमा काम गरेका धनबज्रको कार्यकाल उपकुलपतिको अधिकार प्रयोग गरी एक वर्ष थप गरेर २० वर्ष कायम गरिदिएछन् । र सात वर्षको एकमुस्ट पेन्सन बैंकमा जम्मा पनि भयो, तर त्यसैको भोलीपल्ट पैदल हिँडेर बीर अस्पतालमा मिर्गौला डाइलासिस गर्न पुगेका धनबज्रको अस्पतालमै निधन भयो । उनी उपचारविहीन हुँदै घरको एउटा कुनामा थन्किएर रोगसँग लडेर बसे, असामयिक मृत्यू कुरेर बसे ।

नेपाली इतिहासको स्वर्णिम काल मानिने लिच्छविकालको इतिहासका आधिकारिक अध्येताको २०५१ असार २० गते भौतिक रुपमा चोला उठ्यो । नेपाली इतिहासको वास्तविक मर्म बुझ्नेको मनले मात्र प्रश्न सोध्न सक्छ, यदि धनबज्रजस्ता विद्वान नजन्मेको भए यो देशको इतिहास कता पुग्थ्यो होला ?
त्यो बेला सञ्चार अभियान अहिलेजस्तो सहज थिएन, तर यी विद्वतपूजकले आफू सञ्चारकर्मी नभए पनि आफ्नो बूँताले भ्याएसम्म यस्तो अभियान चलाएका थिए । र केही हदसम्म सफलता पनि पाएका थिए ।

भनिन्छ, राजा आफ्नो देशमा मात्र पुजिन्छ, तर विद्वान सर्वत्र पुजिन्छ । तर अचम्म छ, हाम्रो देशको परिपाटी । हाम्रो राजा अर्थात् शासकवर्गको पूजा हुन्छ । ठूलो चाकरी हुन्छ । यस्तो बेला भिल्लको देशमा मणि मिल्क्याइएझैँ लाग्छ, विद्वानहरुको अवस्था ।

...

केवल आफ्नो प्रकाशनबाट प्रचार प्रसार गरेर मात्रै होइन, विद्वानहरुको नाममा पुरस्कार तथा सम्मान स्थापना गरेर स्रष्टा तथा अन्वेषकहरुको उत्साहमाथि उत्साह भर्न कम्मर कसेर लागेका छन्, यी विद्वतपूजक । उनले २०६४ सालदेखि धनबज्र बज्राचार्यको सम्मानमा धनबज्र बज्राचार्य शोध सम्मान तथा पुरस्कार स्थापना गरेका छन् । २०६१ सालदेखि धनबज्रका गुरु नयराज पन्तको सम्मानमा नयराज पन्त शोधसम्मान स्थापना गरेका छन् । यस्तै २०६७ सालमा नेपालका प्रशिद्ध भाषाशास्त्री बालकृष्ण पोखरेलको जन्मोत्सवको अवसर पारेर बालकृष्ण पोखरेल शोध सम्मानको स्थापना गरे । यी सम्मानबाट सम्मानित तथा पुरस्कृत हुने स्रष्टा तथा अन्वेषकहरुको विवरण यस्तो छ :

नयराज पन्त शोध सम्मान तथा पुरस्कार
१. ज्ञानमणि नेपाल–२०६१
२. डा. स्वामी प्रपन्नाचार्य–२०६२
३. डा. जगदिशचन्द्र रेग्मी–२०६३
४. प्रा. जगन्नाथ त्रिपाठी–२०६४
५. प्रा.डा. तुलसीराम वैद्य र रामशरण दर्नाल–२०६५
६. डा. तीर्थबहादुर श्रेष्ठ र डा. जगमान गुरुङ–२०६६
७. प्रा. बालकृष्ण पोखरेल–२०६७
८. प्रा.डा. विणा पौड्याल र डा. इन्दिरा जोशी–२०६८
९. हरिराम जोशी, माधव पोखरेल, नोवलकिशोर राई, प्रकाश ए. राज र जिवेन्द्रदेव गिरि–२०६९
१०. प्रा.डा. सावित्री मैनाली र नयनाथ पौडेल–२०७०
११. प्रा.डा. केशवप्रसाद उपाध्यय र तेजेश्वरबाबु ग्वंग–२०७१

धनबज्र शोध सम्मान र पुरस्कार
१. प्रा.डा. त्रिरत्न मानन्धर–२०६४
२. प्रा.डा. विजय मानन्धर –२०६९
३. प्रा.डा. सुरेन्द्र केसी–२०७०
४. दिलबहादुर क्षेत्री र शोभा पोखरेल–२०७१

बालकृष्ण पोखरेल शोध सम्मान
१. अनिरुद्र तिमिल्सिना –२०६७
२. टङ्कप्रसाद न्यौपाने –२०६८
यी सम्मान र पुरस्कारहरु २०७२ सालमा महाभूकम्पका कारण समर्पण गरिएन । २०७३ सालदेखि स्थगित गरिएको छ, पुनःसञ्चालन गर्ने गरी ।

भनिन्छ, राजा आफ्नो देशमा मात्र पुजिन्छ, तर विद्वान सर्वत्र पुजिन्छ । तर अचम्म छ, हाम्रो देशको परिपाटी । हाम्रो राजा अर्थात् शासकवर्गको पूजा हुन्छ । ठूलो चाकरी हुन्छ । यस्तो बेला भिल्लको देशमा मणि मिल्क्याइएझैँ लाग्छ, विद्वानहरुको अवस्था । हाम्रो देशमा विद्याको विकास पनि कस्तो भयो भने नयाँ पुस्ताले यहाँका विद्वानहरुलाई चिन्दै चिन्दैनन् । शासकहरु विद्वानहरुलाई चिनिटोपलेजस्तो गर्छन् । तर उनीहरु विद्वानहरुसँग सरसल्लाह गर्दैनन्, उनीहरुको मार्गदर्शन पनि पहिल्याउँदैनन् । त्यसैले देश दिनदिनै अधोगतिमा लागिरहेको अनुभूति हुन्छ । हाम्रो देशको प्रगतिको सूचक मृगतृष्णाबराबर हुन पुगेको छ ।
यस्तो अवस्थामा कुनै ब्यक्तिगत फलको आशा नगरी शेषराज शिवाकोटी निरन्तर विद्वानवर्गको पूजा अर्चना छन् । उनको यो सत्प्रयास देख्दा बौद्धिक जागरणमा लाग्ने खोज्नेहरुको तनमनमा जाँगर भरिन खोज्छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV