चीन-भारत सीमा विवाद : भारतलाई चीनको अर्को झट्का


SHARES

एजेन्सी । सीमा विवाद उत्कर्षमा पुगेका समयमा चीनले भारतलाई एउटा ठूलो झट्का दिएको छ । चीनले भारतीय सुँगुर र बँदेल आयतमा प्रतिबन्ध लगाएको छ । भारतीय मिडियाले यसलाई सैन्य युद्धबाट हराउन नसकेर व्यापार युद्धबाट चीनले आक्रमण गरेको भन्दै व्याख्या गरेका छन् ।

तर, चीनले भने अफ्रिकन स्वाइन फिभर नियन्त्रणका लागि भारतीय सुँगुर र बँदेलको आयतमा प्रतिबन्ध लगाएको प्रष्ट पारेको छ । चीनको सामान्य प्रशासन, कृषि तथा ग्रामिण मामिला मन्त्रालयले यस्तो निर्णय गरेको इन्डिया टुडेले जनाएको छ ।

चिनियाँ सञ्चारमाध्यमले भारतीय सुँगुर र बँदेलमा फिभर देखिएपछि चीनले यस्तो कदम चाल्नु परेको जनाएका छन् । भारतको असाममा पाल्तु सुँगुर र बँदेलमा अफ्रिकन स्वाइन फिभर देखिएको थियो । चिनियाँ प्रतिबन्धले प्रतिबन्धले भारतीय निर्यातमा पार्ने प्रभावको विवरण भने एकिन भइनसके पनि अरबौँ रुपैयाँको व्यापार घाटा थपिने अनुमान गरिएको छ ।

रोयटर्सका अनुसार गत वर्ष उक्त घातक रोगले ठूलो संख्यामा चीनमा सुँगुरहरू मरेका थिए भने यसपटक सोको उत्पादनलाई पुनर्स्थापित गर्न उसले प्रतिबन्ध लगाएको अनुमान गरिएको छ ।

सुँगुर र बँदेल आयतमा लगाइएको प्रतिबन्धको असर भारतीय भैँसीको मासु आयतमा पनि परेको छ । भन्सारमा डिसेम्बरदेखि गरिएको कडाइले भारतीय भैँसीको मासु निर्यातमा पनि समस्या भएको छ ।

चीनको पछिल्लो कदमलाई भारतले आफ्नो आर्थिक मामिलालाई खल्बल्याउन गरेको कदमको रुपमा बुझेको छ । भारतीय सञ्चारमाध्यमले पछिल्लो सैन्य विवादपछिको कदमको रुपमा यसलाई व्याख्या गरेका छन् ।

सन् २०१८ २०१९ मा चीनसँगको ब्यापार घाटा ५३ दशमब ५६ अर्ब डलर पुगेको थियो । पछिल्लो एक महिनादेखि चीन-भारत सीमा विवाद उत्ष्कर्षमा पुगेको छ । 

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV