संसदबाट एमसिसी अनुमोदन नभएसम्म त्यसअन्तर्गतका काम रोक्न नेकपामा सहमति


SHARES

कामठाडौं । अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट अनुमोदन नभएसम्म काम रोक्ने समझादारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र बनेको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकमा सम्झौता अनुमोदन नभएसम्म त्यसअन्तर्गतका कामहरु नगर्ने समझदारी बनेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अनुमोदन नभएको अवस्थामा एनसिएअन्तर्गतका काम राक्ने समझदारी बनेको बताए ।

उनले भने, ‘अनुमोदन नभएको अवस्थामा एनसिएअन्तर्गतका काम अहिले रोक्ने समझादारी बनेको छ ।’ नेकपाले गठन गरेको एमसिसी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरी प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच समझदारी बनेपछि सचिवालयले निष्कर्ष निकाल्ने उनले बताए ।

बजेटमा एमसिसीअन्तर्गतको परियोजना समेटिएको विषयमा अर्थमन्त्री डा. युवराज खतिवडाले सचिवालयमा स्पष्ट गरे । प्रधानमन्त्रीले संसदमा जानकारी गराएअनुसार अर्थमन्त्री खतिवडाले सचिवालय बैठकमा एमसिसी पारित भए त्यहीअनुसार काम हुने र नभए बैकल्पिक व्यवस्था गरेर अगाडि बढ्ने बताएका हुन् ।

प्रवक्ता श्रेष्ठका अनुसार अर्थमन्त्री खतिवडाले सोहीअनुसार नै संसदमा जवाफ दिनेछन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अर्थमन्त्री खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेता भीम रावललाई समेत आमन्त्रण गरिएको थियो । रावल र ज्ञवाली नेकपाले गठन गरेको एमसिसी अध्ययन कार्यदलका सदस्य हुन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV