नेपालमा पछिल्लो २४ घन्टामा १८९ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १,४०१ पुग्यो


SHARES

काठमाडौं । विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको हो ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लामा १८९ जना थपिएसँगै देशभर कोरोना भाइरसका संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये आज सबैभन्दा धेरै कपिलबस्तुका रहेका छन् । कपिलबस्तुमा आज १ सय ९ जनामा कोरोना भाइरसको स.क्रमण पाइएको छ ।

अन्य संक्रमितमा धनुषाका ७, झापाका १, ललितपुरका १, महोत्तरीका ४, सर्लाहीका १७, रौतहटका ४, सिरहाका ११, सप्तरीका ९, दाङका ५, बाराका १, पर्साका २, दैलेखका १४ र संखुवासभाका २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV