नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्यो


SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । दैलेखको क्वारेन्टाइनमा मृत्यु भएका युवकको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले दैलेखमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।

दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टाइनमा चिया पिएर हिँड्दै गर्दा अचानक ढलेका उनको मृत्यु भएको थियो । भारतबाट आएका ३५ वर्षीय ती युवा दुल्लु नगरपालिका-११ का बासिन्दा हुन् ।

ती युवा भारतबाट १० दिनअघि नेपाल आएका थिए । योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म औपचारिक घोषणा गरेको छैन ।

फाइल तस्बिर


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV