बेल्जियमका राजकुमार कोरोना संक्रमित


SHARES

एजेन्सी । बेल्जियमका राजा फिलिपका भतिजा प्रिन्स जोआचिम कोरोना भाइरसको संक्रमणमा परेका छन ।

स्पेनमा भएको एक पार्टीमा सहभागी भएर पर्किएपछि उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिवार बेल्जियमको राजदरबारका एक प्रवक्ताले जानकारी दिंदै, २६ मे मा स्पेनको दक्षिणमा पर्ने कार्डोबा शहरमा आयोजित पार्टीसहितको एक समारोहमा भाग लिएर पर्किएपछि गरिएको परीक्षणबाट युवराज जोआचिममा कोरोना संक्रमण पुष्टि भएको बताएका छन ।

पार्टीमा सहभागी भएकाहरुको यकिन संख्याका बारेमा दरबारले अनभिज्ञता जनाउँदै २४ मे मा युवराज ईन्टर्नशीपका लागि बेल्जियमबाट स्पेन गएको र अहिले पनि उनि त्यहिं रहेको जनाएको छ ।

युवराज जोआचिम २६ मेका दिन पार्टीमा सहभागी भएको स्पेनी अखबार अल पाइसले पनि समाचार प्रकाशित गरेको छ ।

त्यहाँ १५ जना भन्दा बढी मानिसको जमघटमा रोक लगाइएको छ ।

युवराज सहभागी भएको उक्त कार्यक्रमले लकडाउनको उल्लंघन गरेको स्पेनी सञ्चार माध्यमहरुले जनाएका छन ।

स्पेनको कार्डोबा प्रान्तमा कोरोना संक्रमण न्युनिकरणका लागि राज्यले जारी गरेको नियमको उल्लंघन हुने क्रम बढ्दो छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV