ग्राहक आफैंले अनलाइनबाट विद्युत् मिटर रिडिङ गर्न सक्ने


SHARES

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) रोकथाम र नियन्त्रणका जारी लकडाउनका कारण घरघरमा गएर मिटर रिडिङ गर्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले ग्राहकले अनलाइनमार्फत आफ्नो मिटरमा उठेको विद्युत खपतको अंक राख्न पाउने व्यवस्था गरेको छ । इन्टरनेट सुविधा नभएका ग्राहकहरुलाई पनि टोलफ्रि नम्बरमा फोन गरी विद्युत् खपतको मिटर अंक टिपाउन सक्ने व्यवस्था छिट्टै गरिने प्राधिकरणले जनाएको छ ।

यसरी गर्न सकिन्छ अनलाइनबाट मिटर रिड

यस प्रणालीमार्फत मिटर आफ्नो घरको मिटर रिडिङ गर्न ग्राहकले इन्टरनेट ब्राउजरको एड्रेसबारमा कन्जुमर डट एनइए डट ओराजी डट एनपी ९जततउकस्ररअयलकग (https://consumer.nea.org.np) टाइप गरी इन्टर हानेपछि होमपेज खुल्ने छ । त्यसपछि ग्राहकले पहिलो पटक रजिष्ट्रेशन गर्नुपर्ने छ । रजिष्ट्रेशन गर्दा युजरनेममा ग्राहकले आफ्नो मोबाइल नम्बर र पासओर्ड राख्नु पर्नेछ ।

पहिलोपल्ट लगइन गरिसकेपछि रजिष्ट्रेशन गर्दा राखिएको मोबाइल नम्बर र आफूले राखेको पासवर्ड प्रयोग गरी लगइन गर्न सकिने छ । त्यसपछि एड कन्जुमर बटम -Add Consumer Bottom) क्लिक गरी खुल्ने कन्जुमर रजिष्टे«शन फारममा -Consumer Registration Form) दिइएको निर्देशनअनुसार ग्राहक विवरण भरी दर्ता गर्नुपर्नेछ ।

पहिलोपल्ट विवरण भरेपछि अर्कोपल्ट प्रयोग गर्दा पुनः भर्नुपर्ने छैन । त्यहाँ देखाउने ग्राहकको सूचीमा आफ्नो ग्राहक नम्बरमा क्लिक गरेपछि खुल्ने अनलाइन मिटर रिडिङ इन्ट्रि फारममा आफ्नो घरको विद्युत् मिटरमा देखिएको अंक ‘करेन्ट मिटर रिडिङ फिल्ड’मा टाइप गरी बुझाउनु पर्नेछ । मिटरको अंक देखिने गरी फोटो खिची ब्राउज बटम क्लिक गरी फोटो अपलोड गरेर पनि पठाउन सकिनेछ । यति गरेपछि खपत भएको विद्युतको महसुल देखाउने छ । महसुल विभिन्न अनलाइन भुक्तानीका लागि अनुमति प्राप्त सेवा प्रदायकमार्फत तिर्न सकिनेछ ।

ग्राहकले अनलाइन मिटर रिडिङ प्रणालीमा विद्युत खपतको वास्तविक अंक राख्नु पर्नेछ । यदि हालिएको अंकमा कुनै दुरुपयोग भए विद्युत् वितरण विनियमावलीमा भएको व्यवस्थाअनुसार कारबाही हुने प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले प्रष्ट पारेको छ ।

प्राधिकरण कम्प्युटराइज्ड विलिंग महाशाखाकाअनुसार यो प्रणाली शुरु गरिएपछि करिब २५ हजार ग्राहकहरुले सुरु रजिष्टे«शन गराएका छन् । ८ हजार ग्राहकले आफैं आफ्नो विद्युत मिटरमा चढेको अंक प्रणालीमा राखि समयमै रिडिंग गराई अनलाइनमार्फत महशुल भुक्तानी गरी छुट सुविधा लिएका छन् ।

प्राधिकरणले ग्राहक सेवालाई थप प्रभावकारी बनाउन २ वर्ष अघिदेखि अनलाइनमार्फत विद्युत् महशुल भुक्तानी गर्ने सकिने व्यवस्था गरेको हो । हाल ७ लाखभन्दा बढी ग्राहकले अनलाइनमार्फत महसुल भुक्तानी गर्दै आएका छन् ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV