नेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण : संक्रमितको संख्या १,५६७ पुग्यो


SHARES

काठमाडौं । विभिन्न जिल्लामा कोरोना भाइरसका १६६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको जानकारी दिए ।  

नयाँ संक्रमितमा स्याङ्जाका २, तनहुँका १, पर्साका ५, कालिकोटका १८, दैलेखका १८, बाजुराका ३, सल्यानका २५, सुर्खेतका १, कपिलबस्तुका ५, बाँकेका ८, सप्तरीका १२, कैलालीका ३, झापाका ४, मोरङका १, धनुषाका २१, रौतहटका २९ र सर्लाहीका १० जना रहेका छन् ।

प्रवक्ता देवकोटाले दैलेख र बाजुरामा दुईजनाले कोरोना भाइरसबाट ज्यान गुमाएको जानकारी दिए । उनका अनुसार काठमाडौं, गुल्मी र डडेलधुरामा मृत्यु भएका व्यक्तिको स्वाब परीक्षण रिपोर्ट आउन बाँकी नै रहेको छ ।

अहिलेसम्म संक्रमितमध्ये २ सय २० जना उपचारपछि घर फर्किएका छन् भने ८ जनाले ज्यान गुमाएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV