भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन वृद्धि


SHARES

एजेन्सी । भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा वृद्धि हुँदै गएको छ । अघिल्ला दिनहरुको तुलनामा पछिल्ला दिनमा सङ्क्रमित हुनेहरुको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ३ सय ८० जना नयाँ सङ्क्रमित देखिएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या एक लाख ८२ हजार १ सय ४३ पुगेको अधिकारीहरुले जनाएका छन् ।

अघिल्ला दिनहरुमा दैनिक रुपमा सङ्क्रमित हुनेहरुको संख्या यो भन्दा थोरै रहेको थियो ।

त्यसैगरी कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल संख्या पाँच हजार १ सय ६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा देशभरी ८९ हजार ९ सय ९५ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने झण्डै उत्तिकै संख्या अर्थात् ८६ हजार ९ सय ८३ जना सङ्क्रमण मुक्त भएका छन् ।

“तथ्यांकलाई विश्लेषण गर्दा कुल सङ्क्रमित मध्ये ४७.७५ प्रतिशत सङ्क्रमित निको भएर घर फर्किएका छन्,” एक जना सरकारी उच्च अधिकारीले भने ।

कुल सङ्क्रमितहरुको संख्यामा विदेशीहरुको संख्या पनि जोडिएको मन्त्रालयले स्पष्ट पारेको छ । भारतमा दर्जनौं नेपालीहरु पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

शनिबार बिहानदेखि आइतबार बिहानसम्ममा भारतमा थप १ सय ९३ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । तीमध्ये सबैभन्दा धेरै ९९ जनाको महाराष्ट्र राज्यमा मृत्यु भएको छ ।

त्यसैगरी, दोस्रो धेरै गुजरातमा २७ जनाको मृत्यु भएको छ भने दिल्ली प्रदेशमा १८ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार मध्यप्रदेश र राजस्थानमा ९-९ जना, पश्चिम बंगालमा ७ जना, तमिलनाडु र तेलङ्गानामा ६-६ जना, बिहारमा ५ जना, उत्तर प्रदेशमा ३ जना, पञ्जाबमा २ जना, हरियाणा र केरलामा एक-एक जनाको कोरोनाका कारण पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV