भारतबाट फर्किएका १८० जनाको रिपोर्ट नेगेटिभ


SHARES

दमौली । भारतबाट जिल्ला फर्किएर क्वारेन्टिनमा बसिरहेका तनहुँका ३ सय २१ जनाको स्वाब परीक्षण गरिएकामध्ये १ सय ८० को रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टिनमा बसेका नागरिकको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएकामा १ सय ८० को रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सो कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले रिपोर्ट नेगेटिभ आएकामध्ये २६ महिला र १ सय ५४ पुरुष रहेको जानकारी दिए ।

कार्यालयका अनुसार व्यास नगरपालिकाका ५४, शुक्लागण्डकी नगरपालिकाका ३९ र भीमाद नगरपालिकाका ४८ को रिपोर्ट आउन बाँकी रहेको छ । जिल्लाका १० स्थानीयका क्वारेन्टिनमा आजसम्म ४ सय ६९ जना पुगेका छन् भने ५ सय ६७ शय्याको क्वारेन्टिन बनाइएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV