एकल जातीय आधारमा गरिएको शासनमा जनताले सुख पाउँदैनन् : महतो


SHARES

काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आगामीे आर्थक बर्ष २०७७/७८ को बजेटलाई औपनिवेशिक योजनाको निरन्तरताको संज्ञा दिएका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उनले ‘आफू मालिक र अरु भिखारी’ प्रवृत्तिको औपनिवेशिक प्रकृतिको बजेट आएको टिप्पणी गरे । सांसद महतोले बजेटले आम नेपाली जनतालाई उत्साहित बनाउन नसकेको टिप्पणी गरे ।

‘थप निराशातर्फ उन्मुख भएको बजेट के टिप्पणी गर्ने ? राज्यधारीहरुको पक्षपोषण गर्नका लागि ल्याईएको बजेट । राज्यको चरित्रजस्तो छ त्यस्तै बजेट,’ उनले थपे, ‘राज्यविहीनहरुलाई अझ सिमान्तकृत गर्ने, अझ कमजोर गर्ने प्रकारको बजेट आउने गर्छ । यो पनि राज्यको चरित्र अनुसार नै आउने हो । औपनिवेशिक योजनाको निरन्तरता वाहेक केही पनि भन्न सकिदैन यसलाई ।’

सांसद महतोले केन्द्रिकृत बजेटले संघीयतालाई कमजोर पार्ने काम गरिरहेको आरोप लगाए । उनले संघीय सरकारले आफू दाता प्रदेश तथा संघलाई बक्सिस दिएको मानसिकताले बजेट बनाएको टिप्पणी गरे ।

लोकतन्त्रमा राज्य र नागरिकबीच राजनीतिक रुपमा सम्बद्धता, बफादारी, मालकियत, सहभागिता र सम्मानजस्ता आयाम हुने भन्दै सांसद महतोले नागरिकले राज्यबाट सम्मान पाएको छ ? भनी प्रश्न गरे । उनले भने, ‘शासनमा सबै सहभागिता पाएको ? मालिकियताको अनुभूति भएको छ सबैलाई । राज्यले जनताप्रति वफादारी गरेको छ ?’

सांसद महतले राज्यको चरित्र जस्तो छ त्यस्तै गतिविधि हुने बताउँछने नियत जस्तै नियम पनि कानुन निर्माण हुने भन्दै रोष प्रकट गरे । ‘संविधान बनाउँछ , बजेट बनाउँछ, शासन गर्छ, व्यवहार गर्छ । यही नेपालमा भइरहेको छ,’ उनले भने, ‘यहाँ बहुसंख्यक जनता, आदिवासी जनजाति मधेसी, थारु, दलितको संख्या पीडित भएर बस्नुपर्ने अनि यहाँका अल्पसंख्यक शासक भएर हामीलाई दान दिनुपर्ने । यो बजेट भनेको त्यही हो । के कमेण्ट गर्ने ? के विश्लेषण गर्ने ?’

कोरोनका कारण भयावह बन्दै गएको परिस्थितिमा जनताको स्वास्थ्यको प्रत्याभूति गर्ने तथा तत्काल र दीर्घकालीन रुपमा सरकारले जनताप्रति निर्वाह गर्नुपर्ने कार्यक्रमहरु बजेटमा आउन नसकेको उनले टिप्पणी गरे । सांसद महतोले मान्छे भोकले मरिरहेका बेला सरकारले कोही भोकै मर्दैन भनेर कागजमा मात्रै नारा लगाईरहेको भन्दै आक्रोश पोखे ।

उनले भने, ‘अलिकति पनि नैतिकता नभएको सरकार । जनता दिन दहाडै मरिरहेका छन् । यहाँ भाषण भइरहेको छ । कोही मर्न दिदैनांै रे ?’

सांसद महताले एकल जातीय आधारमा गरिएको शासन र नश्लीय चिन्तन एवं सोच परिर्वतन नभएसम्म जनताले सुख नपाउने दाबी गरे ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV