निर्माणाधीन योजनाको अनुगमन


SHARES

विराटनगर । प्रदेश नम्बर एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङको निर्वाचन क्षेत्र ४ (ख) अन्तर्गत निर्माणाधीन योजनाको अनुगमन गरेका छन् । उनले निर्वाचन क्षेत्र विकास कोषमार्फत कटहरीमा निर्माण भइरहेका योजनाको आइतबार अनुगमन गरेका हुन् ।

कटहरी–१ महेशपुरमा निर्माण भइरहेको लक्ष्मी सामुदायिक भवन र लक्ष्मी मन्दिर, कटहरी–२ को किसान मार्ग सडक, कटहरी–३ जिरातटोलको लक्ष्मी मन्दिर, कटहरी सामुदायिक भवन र शैलेश मन्दिरको उनले अनुगमन गरेका हुन् ।

कटहरी सामुदायिक भवन रु ५० लाख र अन्य योजना रु १०÷१० लाखका रहेका छन् । कटहरी सामुदायिक भवन पाँच कट्ठा जमिनमा एक हजार व्यक्ति अट्ने क्षमताको रहेको छ । निर्वाचन क्षेत्र विकास कोषमार्फत विनियोजित बजेटमा योजना निर्माण भइरहेको उनले बताए ।

उनले योजना निर्धारित समयमै सम्पन्न गर्न निर्देशन पनि दिएका छन् । सो अवसरमा योजनाको अनुगमनका साथै बन्दाबन्दीका कारण प्रभावित भएका स्थानीयवासीका समस्याबारे पनि जानकारी लिएका थिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV