‘कालापानी, लिपुलेक र लिम्पियाधुरामा पूर्वाधार निर्माण गर्न बजेट छुट्याऔं’


SHARES

काठमाडौं । नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँडले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्न माग गरे ।

आगामी आर्थिक वर्षको बजेट राजस्व र व्ययको अनुमानमाथिको छलफलमा उनले कागजमा मात्रै भूमि फिर्ता गरेर नहुने भन्दै यस्तो माग गरेको हो । सरकारले आफ्नो भूमि फिर्ता गर्ने निर्णय गरेर संविधान संशोधन विधेयक सदनमा पेश गरेको अवस्थामा पनि त्यो क्षेत्रका विकासका लागि बजेटको व्यवस्था नभएको प्रति उनले प्रशन् गरे ।

सांसद खाँडले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्सामा मात्रै नभएर वास्तविकतामा पनि फिर्ता ल्याउन बजेट विनियोजन हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए ।

‘नेपाली भूमि नेपालको नक्सामा हामीले सामेल गरेका छौँ । सरकारले संशोधन पनि ल्याएको छ । हामी त्यसको पक्षमा मतदान गर्छौँ,’ उनले भने, ‘तर त्यो भूभाग कागजमा मात्रै ल्याउने हो ? व्यवहारिकतामा आउने होइन । आउने हो भने सरकारले बाटो, पुल, विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी बनाउनुपर्यो ।’


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV