चीनद्वारा भारतलाई चेतावनी : चीनविरुद्ध गतिविधि भए आर्थिक हिसाबले ठूलो क्षति व्यहोर्नुपर्छ


SHARES

एजेन्सी । चीन र अमेरिकाबीच लामो समयदेखि जारी व्यापारयुद्ध कायमै छ । पछिल्लो समय भारत र अमेरिकाबीचको सम्बन्धलाई लिएर चीनले भारतलाई चेतावनी दिएको छ । चीन र अमेरिकाबीच चलिरहेको 'कोल्ड वार'मा भारत समावेश नहोस् भन्ने चीनले चाहेको छ ।

चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्समा भारतले महामारीको बीचमै अमेरिकासँग मिलेर चीनविरुद्ध कुनै पनि क्रियाकलाप गरेमा त्यसको असर आर्थिक क्षेत्रमा पर्ने चेतावनी दिइएको छ । चीनले भारतसँगको सम्बन्ध राम्रो चाहेको तर अमेरिकासँग मिलेर चीनविरुद्ध कुनै पनि गतिविधि गरेमा त्यो चीनका लागि सह्य नहुने उल्लेख गरिएको छ ।

अमेरिकासँग मिलेर चीनविरुद्धका गतिविधि गरेमा भारतले आर्थिक हिसाबले ठूलो क्षति व्यहोर्नुपर्ने चीनको चेतावनी छ । दुई देशबीच सीमा क्षेत्रमा जारी तनाव कम गर्न दुवै देश सक्षम भएको ग्लोबल टाइम्समा उल्लेख छ ।

अमेरिका र भारतबीच पछिल्लो समय सम्बन्ध राम्रो बन्दै गइरहेको छ । अमेरिकाले कोरोना महामारी वा हङकङ, ताइवानलगायतका सबै विषयलाई लिएर चीनविरुद्ध प्रहार केन्द्रित गरेको छ । भारतका पछिल्ला गतिविधिले चीन सन्तुष्ट छैन । त्यसैले भारतलाई आर्थिक हिसाबले थप क्षती व्यहोर्नुपर्ने चेतावनी चीनले दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV