सिन्धुलीका प्रतिपक्ष दलको एकै स्वर : ‘कोरोना राहत वितरणमा अनियमितता’ (भिडियो)


SHARES

  • दिपेश थापा

सिन्धुली । सिन्धुलीका प्रमुख प्रतिपक्ष दलहरुले राहत वितरणमा अनियमितता भएको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

राहतमा बाडिएको चामल कम तौलको पाइएको काङ्ग्रेस सभापति उज्ज्वल बरालले बताए । आज प्रतिपक्षी दलहरुको तर्फबाट प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पान्डेलाई ज्ञापनपत्र बुझाएका छन् ।

बरालल भने, ‘२० किलो लेखिएको चामलको तौल जम्मा १८ केजी पाइएको छ ।’ टेन्डर गर्दा दर रेट फरक परेको हुनसक्ने भन्दै प्रजिअ पान्डेले बाढ्न बाँकी सामग्री रोक्ने जानकारी दिए ।

नगरका १४ वडामध्ये २ वडामा बिबादकै कारण राहत वितरण हुन सकेको छैन ।

सिमेन्ट र रडमा समेत कालोबजारी भएको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका थिए ।

प्रजिअ पान्डेले किनेको प्रमाण बिल आफुलार्इ उपलब्ध गराइ दिन आग्रह गरे । ‘प्रमाण भयो भने हामीलाई कार्बाही गर्न सहज हुन्थ्यो’ पान्डेले भने

अहिले राहत वितरणको विरोधमा जिल्लामा रहेका सबै प्रतिपक्ष एक ढिक्का भएका छन ।

कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले भने गुरस्तर हो होइन भन्ने कुरा कुरा मेयर वा नगरले हेर्ने होइन गुरस्तर कार्यालयले हेर्ने हो भने । नागरिकखबरसित कुराकानी गर्दै उनले भने, ‘गुणस्तरीय छ भन्ने हामीलाई पत्र दिएको छ । त्यो पत्र हामीले प्रशासनलाई पठाइदिएका छौ ।ू

 

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV