चौरहजारी घटनाको छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन


SHARES

काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।

नेपाल दलित संघ काठमाडौं जिल्ला कार्यसमितिले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै सोमबार प्रदर्शन गरेको हो । जातीय छुवाछुतकै कारण घटना भएकाले पीडकलाई तत्काल सजायको माग गर्दै प्रदर्शन गरिएको संघका काठमाडौं जिल्ला अध्यक्ष गंगा सुनारले बताए । उनले सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

संघले सोमबार नै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ । प्रदर्शनमा सहभागिहरुले गृहमन्त्रीको राजीनामा समेत माग गरेका छन् । रुकुम घटनामा जाजरकोटका नवराज विकसहित पाँचजनाको मृत्यु भएको छ । एकजना अझै बेपत्ता रहेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV