विभिन्न जिल्लामा थप २२६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १,७९८ पुग्यो


SHARES

काठमाडौं । विभिन्न जिल्लामा थप २ सय २६ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप २ सय २६ जनामा कोरोना भाइरस संक्रमण फेला परेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २ सय २६ जनासहित देशैभर संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको जानकारी दिएका छन् ।

नयाँ संक्रमितमा झापाका २ जना, दैलेखका ५८ जना, नवलपरासी पूर्वका ३ जना, जुम्लाका १९ जना, सुर्खेतका ५ जना, कपिलबस्तुका ४० जना, सल्यानका १० जना, रौतहटका १८ जना, बाँकेका ७ जना र धनुषाका ७ जना रहेका छन् ।

त्यस्तै दाङका ९ जना, महोत्तरीका २ जना, मकवानपुरका १ जना, सर्लाहीका ३८ जना, सिरहाका ५, उदयपुरका १ जना, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १ र कञ्चनपुरका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

देशभरका विभिन्न्न क्वारेन्टाइनमा १ लाख ३३ हजार भन्दा धेरै रहेकाले संक्रमितको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV