रामेछापमा गाउँ पुगेका युवा सामाजिक काममा व्यस्त


SHARES

रामेछाप । कोरोना भाइरस (कोभिड-१९) का कारण जारी लकडाउनमा गाउँ फर्किएका युवाले विभिन्न प्रकारका सामाजिक काम गर्न थालेका छन् ।

रामेछाप नगरपालिका-४, हिमगंगाका युवाहरू लामो समयसम्म गाउँको बसाइ हुन थालेपछि पूर्खाले निर्माण गरेको सम्पत्तिलाई संरक्षण र व्यवस्थापन गर्ने भन्दै सामाजिक काममा क्रियासिल भएका हुन् ।

पूर्खाले निर्माण गरेको सम्पत्तिको संरक्षण गर्न युवाहरुको पहिलो दायित्व हुने हुँदा फुर्सदको समयमा युवाहरुले आफ्नो दायित्व पूरा गर्न लागेको स्थानीय शिक्षक बिष्णु कुमार जोगीले बताए ।

पुस्तौ पहिले निर्माण गरेको कुसबसेरीमा रहेको बरपिपलको जीर्ण चौतारी स्थानीय युवाहरूको अगुवाइमा निर्माण गरिएको छ ।

कोरोनाका कारण युवाहरु लामो समय सम्म बेरोजगार भएर बस्नु पर्दा मानसिक, आर्थिक, पारिवारिक लगाएतको समस्या झेल्नु पर्ने हुँदा युवाहरूलाई व्यस्त राख्नको लागि सामाजिक काममा जोडेको नेकपाका वडा अध्यक्ष तथा समाजसेवी चन्द्र केसीले बताए ।

चौतारा निर्माणमा स्थानीय युवा क्लबको अगुवाइमा युवाहरू क्रियासिल भएका छन्। केसीले गाउँमा जम्मा भएका युवालाई राज्यले सीप बिकासको तालिम दिएर उत्पादनको क्षेत्रमा लगाउन सके आर्थिक उपार्जनको नयाँ अध्याय सुरु गर्न सकिने बताउँछन् ।

लकडाउनका कारण गाउँ आएका युवाहरु अहिले चौतारा निर्माण , बाटो सरसफाइ , भलिबल खेलमैदान निर्माण , मन्दिर निर्माण, खानेपानी व्यवस्थापन गर्न लागि रहेका छन् ।

लामो समय सम्म गाउँमा रहदा आर्थिक तथा पारिवारिक चापले मानसिक समस्या हुने हुँदा आफूहरु त्यसबाट जोगिन सामाजिक कार्यमा लागेको प्रभुराम घिमिरेले बताए ।

सामाजिक विकासको नेतृत्व गरिरहेका नेताहरु सहि बाटोमा हिँडे सामाजिक विकासमा कायापलट गर्न कुनै समय नलाग्ने युवाहरुको विश्वास स्थानीय छ ।

स्थानीय नेतालाई सामाजिक विकासमा व्यक्तिवादी र पार्टी भन्दामाथि उठेर समाजवादी भएर अगाडि बढ्न उनीहरुको सुझाव छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV