बाँकेमा गाडी दुर्घटनाका मृतक र घाइतेको कोरोना परीक्षण रिपोर्ट सार्वजनिक


SHARES

बाँके । बाँकेमा आइतबार राती गाडी दुर्घटनामा ज्यान गुमाउने १२ जना र घाइते २१ जनाको कोरोना परीक्षण रिपोर्ट सार्वजनिक भएको छ । घाइते र मृतक सबैजनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको भेरी अस्पतालको प्रयोगशालाले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले मृतक र घाइतेको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । भारतका विभिन्न ठाउँबाट घर फर्किएका चढेको गाडी राप्तीसोनारीको ठुरिया जंगलमा रोकिराखेको ट्रकमा ठोक्किएर भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए ।

घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV