विभिन्न जिल्लामा थप २८८ जनामा कोरोना संक्रमण : कुन जिल्लामा कति थपिए ?


SHARES

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २ हजार पुगेको छ । विभिन्न जिल्लामा थप २ सय ८८ जनामा कोरोना संक्रमण भएसँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लामा थप २ सय ८८ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । संक्रमितहरुको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ ।

पर्वतमा ५, स्याङ्जामा ५, रौतहटका ३८, सप्तरीका १, बर्दियाका ३, बाँकेका १७ जना, सुर्खेतका २७ जना, दैलेखमा ९ जना, सल्यानमा १८ जना, अछामका १० जना, बाराका १ जना, दाङमा १७ जना, प्युठानमा १ जना, कंचनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना रहेका छन् ।

त्यस्तै महोत्तरीका २ , रौतहटका ३६ जना, सर्लाहीका २१ जना, सिरहाका १७ जना, भक्तपुरका १ जना, धादिङ १ जना, कपिलबस्तुका १६ जना, काठमाडौं ४ जना, नवलपरासीपूर्वमा १ जना, नवलपरासी पश्चिममा १, नुवाकोटमा २ जना र रुपन्देही १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

काठमाडौंमा कोरोना देखिएका ४ जना काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् ।


 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV