गोलञ्जोर–१ च्याखुटारको एउटा घरमा आगोलागी, घरधनी घाइते


SHARES

सिन्धुली । सिन्धुली गोलन्जोर–१ स्थित च्याखुटारको एउटा घरमा आगोलागी हुँदा घरधनी घाइते भएका छन ।

घर पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । घरमा लागेको आगो निभाउने क्रममा च्याखुटारका ७२ वर्षीय देवीबहादुर श्रेष्ठ घाइते भएका हुन ।

उनलाई उपचारका लागि खुर्कोटतर्फ लगिएको छ । बाँया हात, बाँया खुट्टा जलेकाले उपचारको लागि खुर्कोटतर्फ पठाइएको प्रहरीले जानकारी दिए।

आज साँझ घरमा खोले पकाउने क्रममा आगो लागेको हो । श्रेष्ठको घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडाकुडा पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ । श्रेष्ठको घरमा रहेको १ तोला सुन, नगद १ लाख गरी लगभग ५ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV