सुदूरपश्चिममा तीन हजारबढी भित्रिए, ६५३ भारतीय बाहिरिए


SHARES

लम्की । सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट तीनहजार ८१३ नेपाली भित्रिएका छन, भने ६५३ भारतीय मजदूर बाहिरिएका छन् ।

कामका लागि भारतका विभिन्न शहर गएका नेपाली लामो लकडाउनले खाना र बासको समस्या भएपछि नेपाल फर्किएका छन् भने केही भारतीय नागरिकसमेत आफ्नो देश फिर्ता गएका हुन् ।

कोरोना सङ्क्रमणको जोखिम मोल्दै सुदूरपश्चिम प्रदेशका दुई मुख्य नाका भएर मङ्गलबार तीन हजार ८१३ नेपाली नेपाल भित्रिएका छन् भने सोही नाका भएर ६५३ भारतीय बाहिरिएका छन् । सुदूरपश्चिम प्रहरी कार्यालय, दीपायलका प्रहरी निरीक्षक जगदीश सिंह डाँगीले मङ्गलबार साँझसम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट एक हजार २०७ नेपाली भित्रिनुका साथै १८५ भारतीय नागरिक आफ्नो देश फिर्ता गएको बताए ।

त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट दुई हजार ६०६ नेपाली भित्रिएका छन् भने ४६८ भारतीय बाहिरिएका छन् । भारतबाट नेपाली आउने क्रम सोमबारबाट घट्दैगएको छ । सोमबार चार हजार ७०९ भित्रिएको मङ्गलबार झण्डै एक हजार कम भित्रिएका छन् । योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गतेयता नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब ७१ हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या नौ हजार बढी पुगेको छ । (गोरखापत्र)


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV