कोरोना ‘हटस्पट’ बनेको बाँकेको नरैनापुरमा डर र त्रास घट्यो


SHARES

नेपालगञ्ज । कोरोना हटस्पट बनेको बाँकेमो नरैनापुर गाँउपालिकामा नियन्त्रणमा हुँदै गएपनि डर र त्रास हट्दै गएको छ । भारतबाट फर्किएकामध्येबाट एक्कासि ठूलो सङ्ख्यामा कोरोना भाइरसका सङ्क्रमित फेला परेपछि कोरोना हटस्पट बनेको नरैनापुर गाउँपालिकाको अवस्था अहिले नियन्त्रणमा आएको छ ।

भारतको मुम्बईबाट फर्किएकाहरूलाई क्वारेन्टाइनमा राखिए पनि अव्यवस्थित क्वारेन्टाइनका कारण त्यहाँ भित्रबाटै धेरैलाई सङ्क्रमण फैलिएको थियो । त्यहाँ एकै पटक धेरै जना सङ्क्रमित भेटिएपछि व्यवस्थापनको कमजोरीका कारण समुदायमा सङ्क्रमण फैलिने ठूलो सम्भावना देखिएको थियो ।

पछिल्लो समय चालिएका सकारात्मक कदमहरूका कारण ठुलो सङ्ख्यामा सङ्क्रमण थप फैलिन नपाएको र क्वारेन्टाइनको व्यवस्थापनमा पनि सुधार हुँदै गएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार त्यहाँका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका ९७८ जना रहेकोमा कोरोना परीक्षण गरेर ७०९ जनालाई क्वारेन्टाइनबाट घर पठाइएको र अहिले पाँच वटा क्वारेन्टाइनमा १५३ जना मात्र रहेका छन् ।
उनीहरूमध्ये पनि धेरै जना मङ्गलबार बेलुकासम्म घर फर्किने उनले बताए ।

सङ्क्रमित भएका तीन जना निको भएर घर फर्किसकेपछि अहिले नरैनापुरको अवस्था सामान्य बनेको र कोरोनाको त्रास पनि बिस्तारै घट्दै गएको आफूले स्थलगत अनुगमनको क्रममा पाएको फोकल पर्सन श्रेष्ठले बताए । सरकारले यस क्षेत्रका लागि अब जमुनाहा नाकाबाट मात्रै भारतबाट आउनेहरूलाई भित्र्याउन पाइने निर्णय गरेपछि नरैनापुरको सिमानाबाट भित्रिने खतरा पनि समाप्त भएकोले सो क्षेत्र सुरक्षित बन्दै गएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको अवस्था नियन्त्रणबाहिर गएपछि हरेस खाएर हात उठाएका गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले नयाँ प्रमुख जिल्ला अधिकारी आएपछि नरैनापुर जोगिएको जनाउँदै अब सबै कुरा नियन्त्रणमा आएको बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नरैनापुरलगायत जिल्लाका सबै स्थानमा रहेका क्वारेन्टाइन र आइसोलेसनमा सुधार ल्याउने कार्य शुरु गरिएपछि अवस्था नियन्त्रणमा आउँदै गएको बताए । उनले भारतबाट फर्किनेहरूलाई सीमानामा छिर्नेबित्तिकै व्यवस्थित तरिकाले सिधै क्यारेन्टाइनमा पुरयाउने व्यवस्था मिलाइरहेको जनाउँदै त्यति मात्रै पनि राम्ररी गर्न सकियो भने कोरोना नियन्त्रण गर्न कुनै समस्या नहुने बताए ।

बाँकेमा कोरोना सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या मङ्गलबारसम्म २१३ पुगेको छ । जसमा जिल्लाको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ७ मा १४ जना, नरैनापुर गाउँपालिकाको वडा नम्बर ६ मा २ जना र खजुरा १ मा एक जना गरी १७ जना सङ्क्रमित थपिएका छन् । (गोरखापत्र)


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV